कपिलवस्तु-कपिलवस्तुको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले कांग्रेसको लामो विरासत भत्काएको छ ।१७ वर्ष देखि कांग्रेसले आफनै किल्लाको रुपमा सावित गरेको यस क्षेत्रमा एमाले उम्मेदवार मंगल प्रसाद गुप्ताले आफनो राजनितिक यात्राको लामो संघर्ष पछि तिन पटक यसै क्षेत्रबाट सांसद बनेका अभिषेक प्रताप शाहलाई पराजित गर्दै १७ वर्षे विरासत भत्काएका हुन् ।
कृष्ण नगरबाट राजनिति गर्दै विगतका वर्षमा विभिन्न पार्टीबाट उम्मेदवार बनेका गुप्तालाई एमाले कृष्ण नगरका अध्यक्ष सन्दिप मौर्य र कृष्ण नगरका एमालेका प्रभावशालि युवा नेता कुनाल प्रताप साहको बलियो साथ पाएका गुप्ताले यो पटक निर्वाचन जित्न सहज भएको हो । पार्टी संगठनका अध्यक्ष मौर्य र युवा माझ लोकपृय कुनाल प्रताप शाहको राजनितिक सकृयताले यो विरासत भत्किएको हो । कृष्ण नगरबाट विगतका वर्षमा शाहले पाउने मत एमाले नगर कमिटी अध्यक्ष मौर्य र एमाले युवा नेता कुनाल प्रताप शाहको बलमा योपटक कृष्ण नगर पनि एमाले मय भए पछि कांग्ेसको किल्ला भत्किएको हो ।
एमालेको राम्रो प्रभाव रहेको विजय नगरबाट गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र शिवराजका नेताहरुको बलियो साथ र सकृयताम गुप्ताले सहजै निर्वाचन जितेका हुन। गत स्थामनिय तहको निर्वाचनबाट मेयर पदमा पराजित कुनाल प्रताप शाहले आफनो पराजय भुल्न यो जित आवश्यक रहेको भन्दै कृष्ण नगरबाट यो पटक मतदातामाझ लागि परेका थिए ।
संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाह सगँ पटक पटक पराजित भोगेका गुप्ताले संगठ कमजोर भएको क कृष्ण नगरमा कुनाल र शन्दिप लगायतका नेताको बलियो साथ पाए यता विजय नगरबाट गोपाल थापाकाृ साथ पाए भने शिवराजमा प्रदेश सभाका उम्मेदवार अर्जुन कुमार के सी को राम्रो प्रभाव पनि एउटा गुप्ताको जितको आधार हो ।
लामो विरासत भत्काउन नसकेको यस क्षेत्र आफनो पार्टीको कोल्टामा पार्न शिवराज बाट स्थिानिय तहको चुनावमा मेयर पदमा पराजित भएका महादेव पोख्रेल लगायतका नेता कार्यकर्ताहरुको लगाव नै एमालेको जितको आधार बनेको हो । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका अभिषेक शाह १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले गठबन्धनका उम्मेदवार शाहलाई हराएका हुन् ।