
कपिलवस्तु-लोकप्रियताको उचाईमा रहेका शिवराज नगरका मेयर अजय थापा यतिबेला बजार क्षेत्रमा बारम्बार दौड लगाई रहेका छन् । आफु निर्वाचित भए देखी उनि पटक पटक बजार क्षेत्रमा परिक्रमा लगाई रहेका छन । वर्षो देखि ठप्प रहेका नाली सफा गर्ने देखी लिएर जबरजस्ती सडक मिची सरसमान राखी ब्यवासाय गरी रहेका ब्यपारीहरुलाई समेत सम्झाउदै बुझाउदै सडक क्षेत्र खाली गराउने कार्यमा निरन्तर लागी रहेका छन् । बजार क्षेत्रलाई सुन्दरीकरण गर्ने र पुर्व पश्चिम भएर यात्रा गरीरहेका आम नेपालीलाई नुमना शहरका रुपमा चन्द्रौटालाई देखाउने उनको सपना लाई उनि पच्छाउदै छन । बजारमा अब्यवस्थित ठेला ब्यवसाय ,अटो पाकिंग देखि लिएर मिचिएका सडक खुल्ला गर्ने निकै चुनौतिपुर्ण कार्य उनले सहजताका साथ ब्यवस्थित रुपले अघि बढाई रहेका छन ।
ब्यवस्थित बस पार्क र शौचालय नहुदा यात्रुले भोग्नु परेका समस्यामा मेयर थापाको ध्यान पुगेको छ । जस्का लागी उनले अटोलाई रिफ्रेस सेन्टरमा ब्यवस्थापन गर्ने र बजार क्षेत्रलाई खाली गरी ठेला ब्यवसायलाई नाली भन्दा भाथील्लो स्थानमा ब्यवस्थीत गर्ने गरी अघि बढेका छन । शौचालय निर्माण गर्न आधुनिक डिजाईन तयार गरी रहेका छन । उनले खास गरी पहिलो आधा वर्षका महिनालाई शिक्षा स्वास्थ्य र शहर लाई ब्यवस्थापन गर्ने विषयमा अलि बढी ध्यान दिएका छन । मेयर थापा जस्ले निर्वाचित भए पछि आफना समुधुर सपनाहरुलाइ यसरी पच्छाउदै छन ।
१ नगरमा निशुल्क शिक्षा
कलिलै उमेरमा राजनिति सूरुवात गर्दा थापालाई लठैत केटाहरुलाई लिएर हिड्ने केटो भनेर थुपै परम्रागत राजनिति गर्नेले कुरा काटे । पहिलो पटक चुनाव लड्न सयौ युवा लिएर निर्वाचन आयोग पुग्दा उमेर नपुगी फकिएका थापा समयको चक्र घुमे पछि शिवराज नगरको प्रमुखमा पदाशिन भए । उनि पदमा पुग्दा केहिले फेरी एक पटक कुरा काटे बिषय थियो नगरमा निशूल्क शिक्षा प्रवाह गर्ने भन्ने उनको निकै ऐतिहासिक र जिम्मेवारी पुर्ण निर्णय । उनको यो निर्णयमा आर्थिक रुपले विपन्न समुदायलाई भने खुसी दिएको थियो । प्रमुख पदको पदभार ग्रहण गर्दा उनले गरेको पहिलो निर्णयलाई नगर सभाबाट निर्णय हुन बाट रोक्ने तमाम खालका बाधा अड्चनलाई उनले सहजै परारस्त गरे र नगरमा निशुल्क शिक्षा लागु गरे । यो निर्णय अब लागु हुने संघारमा छ । उनले यो निर्णय गरे संगै शिवराज संग जोडिएका अन्य स्थानिय तह र केहि बाहिरका जिल्लाले समेत गर्नु पर्ने दबाब बन्यो र उक्त स्थानमा पनि निशुल्क शिक्षा लागु गर्ने निर्णय भयो । मेयर थापाको यो निर्णय उनको सपनाको पहिलो सफल्ता थियो र सफल बन्यो ।
२ नदि दोहन रोक्का
अधिकांस आफनै साथी संगीले सुरु गरेको खोलामा दिनरात भई रहेको नदि जन्य पदार्थ निकासीमा मेसिनको प्रयोग गरी जाथाभाबी भई रहेको दोहनको सुचना प्राप्त गरे पछि मेयर थापाले स्थलगत अनुगमन गरे । सेटिंगमा भई रहेको दोहनलाई बिना कुनै प्रलोभन उनले कसैको नसुनी ठेकका रोक्का गरी दोहनबाट नदिलाई बचाए । प्रहरी देखि प्रशासन र आफ्नै नगरको भित्री सेटिंग समेत बुझेका थापाले आफनो पदको जिम्मेवारीलाई पुर्ण ईमान्दारीकताका साथ कर्तब्यनिष्ट बनी पालना गरे । यो निर्णय उनको अर्को लोकप्रिय कार्य थियो भने कमिशनमा पल्किएकाहरुलाई निद हराम थियो ।
३ सम्भावित डुबान क्षेत्रको स्थलगत अध्ययन
मेयर अजय थापाले बजार क्षेत्रको पश्चिमी सहज टोल जाने बाटो पश्चिममा हरेक वर्ष हुने डुबान क्षेत्रको अध्ययन गरे । अध्यय पश्चात विपत कोषमा रहेको सिमिति बजेटबाट बजार क्षेत्रका एक दशक जाम बनेर सडेका फोहर सफा गरे । वडाका विभिन्न डुबान हुन सक्ने सम्भावीत क्षेत्र पहिचान गरी उक्त क्षेत्रमा नाली निर्माण एवं मर्मत गरे ।
४ बजार क्षेत्र सुन्दरीकरण
पुर्व मेचि देखि पश्चिम महाकाली सम्म सन्देश पुग्ने बजार क्षेत्रमा मेयर थापाले सरसफाईलाई प्राथमिकताका साथ ध्यान दिए । बजार क्षेत्रमा सडक कब्जा गरी राखिएका सरसमान हटाउन लागी परे । अध्यारो बाट बजारलाई उज्यालो तर्फ डोयाए । बजारका सबै पोलहरुमा उज्यालो बत्ती जडान गरे । मुख्य सडकको चोकमा डिजिटल बोर्ड लगाए । बजार क्षेत्रमा हुने फोहर ब्यवस्थापन का लागी डस्टनि राखे । उनले यतिमात्र गरेन््न राष्टियताको पहिचान र गरीमा झल्निे राष्टिय झण्डा मुख्य चोकमा ठडएर पुर्व मेचि देखि पश्चिम महाकाली पुग्ने देशबासी लाई चन्द्रौटा भएर यात्रा गरी रहदा राष्टीयताको भावना झल्काएर र सप्रेम स्वागत गरे यो उनको अर्को लोकप्रिय निर्णय बन्यो ।
५ नगरमा हेल्प डेस्क निर्माण
अधिकांस सेवाग्राहीलाई सेवा लिदा के कस्तो प्रकृया कसरी सेवा लिने भन्ने विषयमा अन्यौल रहने गर्छ । मेयर थापाले सेवाग्राहीको समस्यालाई बुझेर नगरको प्रसासनिक कार्यालय भित्र हेल्प डेक्स निर्माण गरी सेवाग्राहीलाई सेवालिदा पर्ने समस्यामा सहजता हुने ब्यस्था मिलाए । हेदा निकै सामान्य भए पनि यस्ले सेवाग्राहीलाई ठुलो राहत दिएको थियो ।
६ कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण
नेपालको संविधानले जनतालाई सुचनाको हक दिएको छ । जस अन्र्तगत जनतालाई सबै प्रकारको सुचना प्राप्त गर्ने अधिकार छ । यो हकको मेयर थापाले उच्चतम सरक्षण गरे । मेयर थापाले कार्यपालिका बैठकमा जनतालाई निर्वाचित भएका जनप्रतिनिधिले आफनो पक्षमा के कस्तो निर्णय गदै छन । कुन जनप्रतिनिधिले जनताको भावनालाई कुन रुपमा उठान गर्छ बहस र छलफल गर्छ भन्ने सबै विविध विषयमा सुचना पाउने गरी कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरे । लामो समय देखि गरीएका निर्णय हरु गोप्य राख्ने र जनतालाई गुमराह बनाउने ब्यवस्थाको मेयर अजय थापाले अनत्य गरी दिए यो निर्णयको देशभर बाट उनले प्रसंसा बटुले ।
७ नगरको प्रशासनिक भवन निर्माण समबन्धि मुद्दा फिर्ता
मेयर अजय थापा सुरुवाति समय देखि नगरको प्रसासनिक भवन निर्माणमा सकारात्मक थिए । उनले नगरको भवन निर्माण हुनु पर्ने बिषय काग्रेस भित्र हुदा पनि खुलेरै समर्थन गदै आएका थिए । निर्वाचित भए लगतै उनि केहि दिन हराए र फर्किदा सर्वोच्चमा जग्गा धनिले दिएको मुद्दा फिर्ता गरेर नगरको भवन निर्माण कार्यमा भएको अवरोध हटाउन सर्व पक्षिय सर्वदलिय समर्थन जुटाउन लागी परे ।
८ विभुती पार्क निर्माण
सामाजिक संजालका केहि प्रतिक्रियालाई बेवास्ता गर्ने हो भने मेयर थापाको ईतिहासलाई जिवीत राख्ने विभुति पार्क निर्माण पनि उनको सपना नै हो । जस्लाई उनले पुरा गर्ने अठोटका साथ नगर सभाबाटै पारीत गराएका छन् । बिभुति पार्कलाई वडा न ३ मा राजमार्गको साहायक मार्ग संग जोडेर निर्माण गरीने पार्कले ईतिहासलार्य जिवीत मात्र राख्दैन खरेन्द्रपुरलाई चिनाउने काम समेत गर्दछ । मेयर थापाले आफना बसाई स्थानको निकट यो पार्क निर्माण गरी नेपाल एकिकरणका निर्मातालाई समझने अवसर समेत सृजना गरेका छन ।