कपिलवस्तु-
मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित संघिय र प्रदेशसभा सदस्यहरुलाई शिवराज नगरपालिकाको चन्द्रौटामा नवनिर्वाचित जनप्रतिनिधिलाई विभिन्न संघसस्थाहरुले संयुक्तरुपमा बधाई तथा सम्मान गरेका छन ।
राष्ट्रिय मानब अधिकार प्रतिस्ठान कपिलबस्तु,सगरमाथा वेलफेयर सोसाइटी कपिलबस्तु,सामाजिक विकास मंच नेपाल,सगरमाथा सामुदायिक सिकाइ केन्द्र को संयुक्र आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कलिबस्तु क्षेत्र न.३ प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता,र प्रदेश सभा सदस्य अर्जुन कुमार केसिलाई दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अथिति तथा प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले आफुले लामो समयमा सामाजिक संस्थाहरुमा अभियान्ताको रुपमा काम गरेकाले आफु भावनात्म रुपमा संस्थाहरुसंग नजिक रहेको बताउनु भयो ।
गुप्ताले मानिसलाई अनुसासनमा बाँध्नो लागि मानब अधिकार सम्बिन्धि शिक्षाको आवश्य पर्ने बताउनु भयो । प्रतिनिधि सभा सदस्य गुप्ताले अन्य भौतिक संरचना मात्र विकास नभएर सामाजिक जागरण ल्याउनु पनि बिकास रहेको बताउँनदै आफुुबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको थियो ।
त्यस्तै प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले यस क्षेत्रको समग्र बिकासमा टेवा पुराउँदै सुरुवात भएका कामलाई चुस्तदुरुस्त छिटो छरीतो गराउने आफनो मुख्य काम रहने बताउनु भयो ।
कार्यक्रमका अथिति शिवराज नगरपालिकाका उप प्रमुख शिवकुमारी थारुले यस क्षेत्रको बिकासमा टेवा पुराउन बिशेष भुमिका रहने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा ब्यापारसंघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेल,मानब अधिकार प्रतिष्ठानका अध्यक्ष बिष्णु प्रसाद खतिवडा,पुर्व शिक्षक बिष्णु प्रसाद पौडेल,सगरमाथा वेलफेयर सोसाइटीका सतिव गोबिन्द ढुगांना,शान्ति पुन स्थापना गृहका प्रतिनिधि शुशिला खनाल,मजरी एमबि गिरी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा सगरमाथा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मणि अधिकारीले स्वागत मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम कपिलबस्तु क्षेत्र न.३ प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताको प्रमुख आथित्यतामा सामाजिक विकास मंच नेपालका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सकार्यक्रमको संचालन गीता पौडेलले गर्नु भएको थियो ।