सातौं चन्द्रौटा महोत्सवमा कृर्षि जन्य स्टल निशुल्क


कपिलवस्तु-ब्यापार संघ (चेम्बर अफ कमर्स) कपिलवस्तुले आयोजन गर्न लागेको सातौं चन्द्रौटा महोत्सवमा कृषि जन्य उत्पादनका स्टलहरु निशुल्क राख्न पाउने भएका छन।
पौष ७ गते देखि २१ गते सम्म “कृषि पर्यटन, उद्योग र ब्यापार ब्यवसायीक दिगोपना हाम्रो मुख्य आधार” भन्ने मुल नाराका साथ चन्द्रौटामा संचालन हुने महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तु, तथा जातजातिको संरक्षण र पहिचानको खुल्ने बस्तुहरुका लागि स्टल निशुल्क रुपमा स्थान उपलब्ध गराउने व्यवस्था गरेको मेला मुल आयोजक समितिका संयोजक महादेव पोख्रेलले जानकारी दिनु भयो ।

 

धेरै पढिएको

ताजा समाचार