कपिलवस्तु । कपिलवस्तु जिल्ला स्थित एक आँखा अस्पताल ले जिल्लाको एक पालिकाका जनप्रतिनिधिहरु सङग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजना र एन.ए.बि.पि. नर्वेको आर्थिक सहयोगमा यशोधरा गाउँपालिकामा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधि को भुमिका विषयक अंतरकृया कार्यक्रम सम्पन्न भयो ।
छ्न्द कालेबाबु नारायणी आँखा अस्पतालका प्रशासनिक समितिका संयोजक शारदा चौधरीको अध्यक्षता,यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीको प्रमुख आतिथ्यता, नेपाल नेत्रज्योति संघ, दाङ शाखाका कार्यबाहक सभापति रेशम बहादुर खडका र यशोधरा गाउँपालिकाका उपाध्यक्ष गुन्जादेबी मौर्य को बिशिस्ट आतिथ्यतामा भएको अंतरकृया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पालिका अध्यक्ष तिवारीले आँखा स्वास्थ्यका लागि गाउँपालिकाले आगामी हिउँदे अधिबेशन मार्फत उचित बजेटको बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा बिशिस्ट अतिथि को आसन बाट बोल्दै कार्यबाहक सभापति रेशम बहादुर खडकाले दातृ निकय एन.ए.बि.पि. नर्वे ले यस्तै जनवकालतको लागि बजेट बिनियोजन गर्ने भएकोले यो अंतरकृया कार्यक्रमको आयोजना गरिएको र अन्धोपन न्यूनीकरणको लागि पालिकाहरुले बजेट बिनियोजन गरिरदिनु पर्नेमा जोड दिनु भयो । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योति संघ तथा दातृ निकायको बारेमा संक्षिप्त जानकारी दिनु भएको थियो । साथै उहाँले यशोधरा गाउँपालिकाको वडा स्तरमा भएको अन्धोपनको बारेमा सहभागीहरुलाइ जानकारी दिनु भएको थियो ।
साथै उहाँले नेपालको संविधानले ब्यवस्था गरेको मौलिक हक अन्तर्गतको स्वास्थ्यको हक र स्वास्थ्य नितिले गरेका ब्यवस्थाको बारेमा जानकारी दिनु भएको थियो । नेत्र अधिकृत ओपेन्द्र चन्दले आँखा स्वास्थ्यको बारेमा सहभागीहरुलाइ जानकारी गराउनु भएको थियो । सो अवसरमा यशोधरा गाउँपालिकाका सल्लाहकार राधेश्याम पान्डे,वडा नम्बर ३,५ र ७ का वडा अध्यक्ष क्रमश,सरिता त्रिपाठि ,जुबेर अहमद मुसलमान र चन्द्र प्रकाश दुबे ले मन्तव्य गर्नु भएको थियो । कार्यक्रमको सन्चालन जसराज बिश्वकर्माले गर्नु भएको थियो ।