कपिलवस्तु-आज देखि सुरु हुने सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । चन्द्रौटामा पुस ७ गतेदेख २१ गतेसम्म संचालन हुन लागेको महोत्सवको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।
आर्थिक गतिविधि चलायमान बनाउने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सवको आज राष्ट्रिय सभा सदस्य विमला घिमिरेले उदघाटन गर्ने कार्यक्रम तय भएको मेला मुलआयोजक समिति संयोजक महादेव पोख्रेलले जानकारी दिनु भयो ।
मेलामा मुख्य आकर्षणको रुपमा स्थानीय उत्पादनका स्टल , विभिन्न साँस्कृतिक कार्यक्रम, सातौं चन्द्रौटा डान्स आईडल, राष्ट्रिय तथा स्थानिय कलाकारको बेजेडो प्रस्तुति रहने छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको उपस्थितीले महोत्सवकोे रौनतकता छाउने छ ।त्यस्तै छैठौं चन्द्रौटा महोत्सवको डन्स आइडललाई मुख्य आकर्षण रुपमा हेरिएको मेला मुलआयोजक समितिका सह संयोजक जगत पौडेलले जानकारी दिनु भयो ।
महोत्सव उद्धघाटन समाहोरमा विभिन्न झाकी प्रदर्शन,विभिन्न जातजातीका भेषभुषा तथा कला संस्कृतिको प्रस्तुति रहने जनाइएको छ । मेलामा बालउद्यान, झुला तथा कृषि जन्य उत्पादनको मेला स्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।महोत्सवलाइ सफल पार्न बिभिन्न समिति ,उपसमितिहरु गठन गरिएकोले महोत्सव सफल पार्न सहज हुने आयोजक सस्थाका महासचिव गोपाल बन्जाडेले जानकारी दिनु भयो ।