कपिलवस्तु नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजना र एन.ए.बि.पि. नर्वेको आर्थिक सहयोगमा मायादेवी गाउँपालिकामा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधि को भुमिका विषयक अंतरकृया कार्यक्रम सम्पन्न भयो ।
नेपाल नेत्रज्योति संघ,दाङ शाखाका कार्यबाहक सभापति रेशम बहादुर खडका को अध्यक्षता,मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानको प्रमुख आतिथ्यता र मायादेवी गाउँपालिकाका उपाध्यक्ष सरस्वती यादबको बिशिस्ट आतिथ्यतामा भएको अंतरकृया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पालिका अध्यक्ष वलिउद्दिन मुसलमानले आफ्नो गाउँपालिकामा रहेको अन्धोपनलाई आँखा अस्पतालसंग सहकार्य गरेर न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योति संघ तथा दातृ निकायको बारेमा संक्षिप्त जानकारी दिनु भएको थियो ।
साथै उहाँले मायादेवी गाउँपालिकाको वडा स्तरमा भएको अन्धोपनको बारेमा सहभागीहरुलाइ जानकारी दिनु भएको थियो । साथै उहाँले नेपालको संविधानले ब्यवस्था गरेको मौलिक हक अन्तर्गतको स्वास्थ्यको हक र स्वास्थ्य नितिले गरेका ब्यवस्थाको बारेमा जानकारी दिनु भएको थियो ।
नेत्र अधिकृत ओपेन्द्र चन्दले आँखा स्वास्थ्यको बारेमा सहभागीहरुलाइ जानकारी गराउनु भएको थियो । सो अवसरमा मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले वडा कार्यालय र आँखा अस्पतालको सहयोगमा केही दिन पहिले फुलिका स्वास्थ्य चौकीमा निशुल्क आँखा शिबिरको आयोजना गरि २०७ जनाको निशुल्क अप्रेसन गरिएको स्मरण गर्दै आगामी दिनहरुमा पनि अस्पतालसंग सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता समेत जनाउनु भयो । सो अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष मुहम्मद इसाहक मुसलमान,वडा नम्बर ६ का वडा अध्यक्ष सन्दिप कुमार चौधरी, ७ का वडा अध्यक्ष जनार्दन प्रसाद चौधरी र ८ का वडा अध्यक्ष मुस्ताक अहमद मुसलमान ले आ आफ्नो वडा मा रएको अन्धोपन न्यूनीकरणका लागि आफुहरु प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले गर्नु भएको थियो ।