चन्द्रौटा महोत्सव: ९ दिनमा २ करोडको कारोवार,७० हजारले गरे अवलोकन


कपिलवस्तु-चन्द्रौटा कृषि पर्यटन,तथा औद्योगिक ब्यापार महोत्सवको ९ औं दिनमा करिव करोड रुपैयाँको कारोवार गरेको छ । २१ ग्ते सम्म संचालन हुने महोत्सवमा आयोजकले निर्धारित महोत्सव सकिंदासम्म ४ करोड रुपैयाँको कारोवार हुने दावी गरेको मेला मुलआयोजक समितिका आर्थिक संयोजक नवराज न्यौपनेले जानकारी दिनु भयो ।

आर्थिक गतिविधि चलायमान बनाउन र यस क्षेत्रका पर्यटकिय र धार्मि स्थलको प्रचार प्रसार गर्ने उदेश्यले सुरु गरीएको महोत्सव दि प्रतिदिन आकर्ष बन्दै गएको महोत्सव मुल आयोजक समितितका संयोजक महादेब पोख्रलले बताउनु भयो ।महोत्सवको नौ दिन सम्म आई पुग्दा उल्लेख्य दर्शको सहभागिता रहेको बताउनु भयो ।

महोत्सवमा जिल्ला भित्र तथा जिल्लबाहिरबाट उत्पादिथ कृषिजन्य , औद्योगिक, व्यापारीकगायतका सामाग्री विक्रिका लागि राखिएका छन् । ’कृषि, पर्यटन, उद्योग र ब्यापार व्यावसायिक दिगोपना हाम्रो मुख्य आधार भन्ने नारा दिएर आयोजना गरिएको महोत्सवमा १ सय २० बढी स्टल रहेको मेला आयोजक चैमबर अफ कमर्स कपिलवस्तुले वनाएको छ। प्छिल्ले केहि दिन याता जाडो बढ्रदै गए पछि महोत्सवमा पुगरे जाडोका लुगा–कपडा किन्नेको घुईचो लागेको छ ।

महोत्सवको नौं दिन सम्म आई पुग्दा ७०हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेको मेला मुलआयोजक समितिका सह संयोजक जगत पौडेलले जानकारी दिनु भयो ।

 

दुई दर्जन बढि राष्ट्रिय कलाकारहरु प्रस्तुति राखिसकेको महोत्सवमा आज शनिबारको दिन महोत्सवमा लोकदोहोरी दुर्गेश थापा , श्रधर अधिकारी साथै स्थानिय कलाकार र डान्स आईड आजका मुख्य आकर्षण भएको सांस्कृतिक संयोजक दिपक पौडेलले जानकारी दिनु भयो ।

धेरै पढिएको

ताजा समाचार