चेम्बर अफ कमर्स कपिलवस्तुद्वारा आगोलागि पिडितलाई सहयोग


कपिलवस्तु-चेम्बर अफ कमर्स कपिलवस्तुले आगोलागि पिडितलाई सहयोग प्रदान गरेको छ। पौष २० गते राति शिवराज नगरपालिका वडा न ५ चन्द्रौटामा रहेको किड्स क्याम्पमा आगो लागि हुँदा पसल संचालक सावित्रा चन्द(वोहोरा) को किड्स क्याम्प तथा गिफ्ट सेन्टरमा पूर्णरुपमा क्षति भएको थियो ।

सोहि अनुसार चेम्बर अफ कमर्स कपिलवस्तुले पिडित परिवारलाई २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा सस्थाका अध्यक्ष महादेव पोखरेल, वरिष्ठ उपाध्यक्ष जगत प्रसाद पौडेल , उपाध्यक्ष प्रेमकला पौडेल, महा सचिव गोपाल प्रसाद बन्जाडे ,कोषाध्यक्ष नवराज न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

 

धेरै पढिएको

ताजा समाचार