विजयनगरका विधालयमा थापाको छड्के ।


कृष्ण पौडेल,कपिलवस्तु । विजयनगर गाउँ पालिकाका भित्रका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न गाउँ पालिकाले अनुगमनलाई निरन्तरता दिएको छ ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा आफैँ सामुदायिक विद्यालयको अनुगमनमा पुगिरहेका छन् । निर्वाचनका बेला जनताकाबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै थापाले त्यसलाई सार्थक बनाउन सामुदायिक विद्यालयको अनुमनलाई निरन्तरता दिएको बताए ।

सामुदायिक विद्यालयको शैक्षिक अवस्था गुणस्तरीय र विश्वसनीय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै थापाले विद्यालयको कक्षाकोठामै पुगेर विद्यार्थीसँग पढाईका बारेमा जानकारी लिएका छन् । मंगलवार अध्यक्ष थापाले छड्के अनुगमनका लागि वडा नं १ र २मा रहेका सामुदायिक विधालयमा पुगेर पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा प्रश्न सोधेका छन् ।

कक्षा अवलोकनको क्रममा विद्यार्थीहरुको शिक्षण सिकाई एकदमै कमजोर रहेको पाईएको थापाले जानकारी दिए । कक्षा ५ ,६ र ७ का विद्यार्थीलाई शुद्ध नेपाली विषयको किताब पढ्न नआएपछि थापाले विद्यालयका शिक्षकहरुसंग यसको जवाफ मागेका थिए । विद्यालयमा आएर तपाईहरुले गरेको कामको परिणाम नदेखिएको भन्दै शिक्षकहरुलाई ईमान्दारिता पुर्वक नियमित कक्षा संचालन गर्न र विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन निर्देशन समेत दिएको थिएँ ।

‘आकर्षक र चिटिक्क भवनले मात्र विद्यालय राम्रो बन्न सक्दैन,’ उहाले भन्नु भयो, ‘विद्यार्थीहरुको पढाई राम्रो हुनु प¥यो ।’ विद्यार्थीको पढाई राम्रो नभएसम्म शिक्षकले गरेको मिहनेतको परिणाम देखिदैन । त्यसैले विद्यार्थीहरुको पढाईमा ध्यान केन्द्रित गर्न उहाले शिक्षकहरुलाई निर्देशन दिनु भयो ।

अनुगमनको क्रममा विजयनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे , शिक्षा शाखा प्राविधिक सहायक शुस्मा पौडेल , गाउँ शिक्षा समिति सदस्य जहिरुल हसन खा, सुग्रीव प्रसाद कोरी, विजय कुमार चौधरी लगायको उपस्थिती थियो ।

 

धेरै पढिएको

ताजा समाचार