शिवराजका १ हजार ७४ जनाको निशुल्क आँखा जाँच,१५७ को अपरेसन 


 

कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा १ हजार ७४ जनाको जाँच गराएका छन् । शुक्रवार र शनिवार आधारभूत अस्पताल चन्द्रौटामा भएको शिविरमा १ सय ५७ जनाको मोतिया विन्दुको निःशुल्क अपरेसन गरिएको छ, भने २ सय ६० जनालाई चस्मा वितरण गरिएको हो ।
छन्द (कालेवावु )नारायणी आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोग र शिवराज नगरपालिकाको आर्थिक सहयोगमा २ दिने निःशुल्क आँखा शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ । अस्पतालका चिफ मेडिकल डाइरेक्टर शुभलक्ष्मी कटुवालको नेतृत्वको टोलीले आँखाका बिरामीको उपचार गरेको हो ।
आर्थिक अभावले उपचार गर्न नसकी वषौँदेखि आँखाको ज्योति गुमाएर, रोग पालेर बसेका अति विपन्नहरूलाई निःशुल्क आँखा शिविरले सहयोग पुगेको शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले बताउनुभयो । नगरले बजेट छुट्टाएर नगर बासीको आँखाको समस्या न्यूनीकरणमा सहयोग गर्ने प्रयास गरेको नगर प्रमुख थापाले बताउनु भयो ।
यस्तै नगर उप प्रमुख शिवकुमारी थारुले हरेक वर्ष जस्तै यो वर्ष पनि शिवराज नगरपालिकाले नगर भित्रका आँखाका बिरामीहरूलाई आँखा शिविर मार्फत नि शुल्क सेवा दिने दिएको बताउनुभयो । त्यस्तै माघ ९ र १० गते बुुद्धभूमी नगरपालिकाको मौवा माध्यमिक विद्यालयमा हुने अस्पतालका प्रशासकीय अधिकृत जसराज विकले बताउनुभयो ।

 

धेरै पढिएको

ताजा समाचार