
काठमाण्डौ – सर्वोच्च अदालतले सांसद पद नरहने आदेश दिएपछि रवि लामिछानेले आफू अहिले अनागरिक रहेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताउनुभयो ।
पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै लामिछानेले भन्नुभयो ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’ उहाँले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने पनि बताउनु भयो ।