तस्करलाइ छौड्दैनौ , घरखर्च चलाउन रोक्दैनौ: प्रमुख जिल्ला अधिकारी आचार्य


 

कपिलवस्तु- प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आउनु भएका शंकर हरी आचार्यलाई चेम्बर अफ कमर्स कपिलवस्तुले   स्वागत गरेको छ । गोर्खा जिल्लाबाट सरूवा भइ भर्खरै कपिलवस्तुमा आउनुभएका प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरुवा भइ आउनु भएका बाबुराम अर्याललाई आज एक कार्यक्रमका विच चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतले चन्द्रौटामा स्वागत एवम सम्मान गर्नु भएको हो

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले चोरी तस्करीलाई कडा निगरानी गर्दै तस्करी रोक्ने बताउनु भयो । तस्करलाइ छौड्दैनौ , घरखर्च चलाउन दुई चार के जि ल्याउदैमा सास्ति नदिने उहाँले बताउनु भयो ।

साथै सत्य तथ्य सुचनाको आधारमा एक्सनमा उत्रिने बताउनु भयो ।हरेक निकाय सगँको समन्वयमा हरेक समस्याको समाधानमा लाग्ने बताउनु भयो । सेवा प्रवाहमा सुधार गर्दै जाने बताउनु भयो । जिल्ला प्रसासन कार्यालयबाट दैनिक ५ सय जनालाई सेवा प्रदान गरेको बताउँदै दैकि एक सय बढि  पासपोर्ट बनाउन आउने गरेको बताउनु भयो ।  

त्यस्तै इलाका प्रसासन चन्द्रौटामा सरुवा भई आउनु भएका इलाका प्रशासन चन्द्रौटाका प्रमुख बाबुराम अर्यालले सेवाग्राहिले गुनासो गर्न नपर्ने गरी काम गर्ने बताउनु भयो । आफु यहाँ कार्यरतर रहँदा सम्म सेवाप्रवाह , कार्यालय अनुगमन ,शान्ति सुव्यवस्था कायम गर्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

  चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुखलाई स्वागत गर्दै नागरीकका आवश्यक सेवा उपलब्ध गराई मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संघका अध्यक्ष पोख्रेलले विगतलाई स्मरण गर्दै प्रशासनको सदाशयतापूर्ण सहयोगका कारण विभिन्न किसिमका उल्लेखनीय कार्यहरु सम्पन्न गर्न सकेको बताउनु हुंदै आगामि दिनमा पनि सहकार्यकको भावना अनुरुप अगाडि बढ्ने आशा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मानव अधिकार प्रतिष्ठन कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले सेवाप्रवाहमा उत्कृष्ट बन्न शुभकामना दिनु भएको थियो । चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव गोपल बन्जाडेले संचाल गर्नु भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष जगत पौडेलको स्वागत मन्तब्य राख्नु भएको थियो ।चेम्बर अफ कमर्स कपिलवस्तुले आयोजना गरेको स्वागत कार्यक्रममा विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

धेरै पढिएको

ताजा समाचार