शिवराजमा जग्गा कित्ताकाट खुल्यो 


 

कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका जग्गाको कित्ताकाट खुलेको छ । सोमबार सम्पूर्ण प्रकृया पु्रा भएकोले मंगलवार देखि कित्ताकाट हुने मालपोत कार्यालय चन्द्रौटाका प्रमुख दिप चालिसेले बताउनुभयो । नगर तथा वडाले आवश्यक सम्पूर्ण प्रकृया पुराई मालपोतमा आएको र मालपोत कार्यालयले पनि उक्त विषयमा प्रकृयालाई पुरा गरेको चालिसेले बताउनुभयो ।

ऐनमा उल्लेख भए बमोजिम आवशिय र कृषि क्षेत्रको जग्गा मात्र कित्ताकाट हुने बताइएको छ । ऐनमा आवशिय जग्गाको १३० वर्गमिटर तथा पौने ८ धुर र कृषि जग्गाको ६७५ वर्ग मिटर तथा करिव २ कट्ठा जग्गा नघटने गरि जग्गा कित्ताकाट हुने उल्लेख छ । लामो समय देखि रोकिएको जग्गा कित्ताकाट खुल्दा आम नागरिकहरुलाई सहज हुने विश्वास लिइएको छ ।

 

धेरै पढिएको

ताजा समाचार