कपिलवस्तुको शिवराज नगरपालिकामा आज देखी सुरु भएको शिवराज खेलकुद महोत्सव प्रति स्थानिय युवाहरु असन्तुष्ट भएका छन । विगतमा भएको खेल महोत्सवमा युवाहरुसगं सुझाव सल्लाह गरी सबैको सहभागीतामा खेल हुदै आए पनि यस बर्ष आफुहरुलाई खेलमा नसमेटिएको स्थानिय युवा रमेश खाती क्षेत्रीले बताउनुभयो ।
अहिलेको खेल कुद विकास समितिले सबै युवाहरुलाई समेटन नसकेको रामेशले आरोप लगाउनु भयो । खेलमा सबैलाई समावेश गरे खेल प्रती सबैको अपनत्व हुन्छ भन्दै केही आपनो आसेपासे युवाहरुलाई मात्र समेटेको गणेश जिसीले रुष्टता व्यक्त गर्नुभयो ।
खेलमा कुनै एक गाँउ, एक दलका मात्र युवाहरु समेटीएकोले आफुहरु खेल आयोजक प्रती पुर्ण असन्तुष्ट भएको युवाहरु भारत विष्ट, निश्चल कार्की, मनिष बन्जाडे लगायतका अधिकाँस युवाहरु असन्तुष्टि पोखेका छन । आज माघ १८ गते देखि सुरु भएको खेल महोत्सव माघ २९ गते सम्म चल्ने छ ।
खेल महोत्सवमा राष्ट्रपति रनिङ सिल्ड , मेयर कप र उपमेयर कप प्रतियोगीतामा विभिन्न विदाका खेलहरु समावेश गरि आजबाट खेलको उदघाटन समारोह सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सी ले नगरमा निशुल्क शिक्षाको अभियान गरी रहदाँ नगरको आन्तरिक स्रोतको विशेष ख्याल गरेर अगाडि बढ्नु पर्ने बताउनरु भयो । साथै उहाँले निशुल्क शिक्षा गरीरँदा नगरले खेलकुललाई बेवास्ता गरेको आरोप लगाउनु भयो । निशुल्क शिक्षासगैं प्रत्येक विध्यालयमा खेल शिक्षक राख्नु पर्ने बताउनु भयो । नगरमा खेल महोत्सव भइरहदा अन्तराष्टिय स्तरमा समेत प्रतिष्प्रधा गर्न सफल खेलाडि उत्पादन गर्ने प्रशिक्षक रामु सुनारको उपस्थिती नदेखिएको बताउनुभयो ।
आजबाट सुरु भएको खेल महोत्सवमा बोल्दै नगर प्रमुख अजय थापाले खेल र खेलाडिको विकासकोलागि नगर सधै तयार रहेको बताउनु भयो । खेलको माध्यमबाट स्वास्थमा फाइदा पुग्नका साथै राष्ट तथा अन्तराष्ट्रिय स्तरमा पहिचानमा टेवा पुर्याउने बताउनुभयो ।
शिवराज नगरपालिका नगर उप प्रमुखले कार्यक्रमा स्वागत मन्तब्य राख्दै खेल महोत्सवबाट नगरको खेल क्षेत्रको विकासमा टेवा पुग्ने भन्दै उक्त कार्यक्रम सफल पार्न सबै निकायको सहयोग अपरिहार्य रहेको बताउनु भएको थियो ।
त्यस्तै खेल महोत्सबको उद्घाटन सत्रको समापन गर्दै नगर खेलकुद समितिका संयोजक शन्तोश चौधरीले खेल र खेलाडिको उत्थान गर्दै रनगरका खेलाडिलाई राष्ट्रिय स्तरमा पुराउन आफु हरपल लागि पर्ने बताउनु भयो ।
प्रतियोगीतमा करिव १६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले वताउनुभएको छ । राष्ट्रपति रनिङ सिल्ड तर्फ दौड , हाईजम्प , लङजम्प , मेयर कप तर्फ पुरुष फुटवल , भलिवल , क्रिकेट र व्याडमीन तथा उपमेयरकप तर्फ महिला फुटवल , भलिवल , क्रिकेट र करांते प्रतियोगीता समावेश गरिएको छ ।करिव २१ लाखको लगानीमा भैइरहेको प्रतियोगीतामा मेयर कपको विजेताले नगद ३० हजार मेडल शिल्ड र प्रमाणपत्र पाउने छ ।