कृष्ण पौडेल विजयनगर ।
विजयनगर स्थित शंकरपुर खेलमैदानमा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा दुधाधारी नमुना मावि प्रथम भएको छ । प्रतियोगितामा कुल १४ स्वर्ण, ७ कास्य र १ रजत पदक जित्दै दुधाधारी नमुना मावि प्रथम हुन सफल भएको छ ।
प्रतियोगितामा ५ स्वर्ण, ४ कास्य र २ रजत पदक जित्दै जनजागृति मा वि लोहोरौला दोस्रो भएको छ । भुवनेश्वरी मावि जगदिशपुरले ४ स्वर्ण, ३ कास्य र ७ रजत पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।
विजयनगर गाउँपालिकाको आयोजना र जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको समन्वयमा शंकरपुर खेलमैदानमा गाउँ पालिका भित्रका ६ वटा विद्यालयका खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्प्रर्धा गरेको जिल्ला खेलकुद विकास समितिका सचिव मिन प्रसाद पोखरेलले बताए । प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्दो लगायतका प्रतियोगिताहरु भएका थिए ।
खेलाडीहरुलाई बधाई दिदै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । खेलाडीको पहिचान, प्रतिभा प्रष्फूटन देखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा आफुहरु लोगको थापा बताउनुभयो । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको थापाको भनाइ रहेको थियो।