आगामि वर्षको बजेट तर्जुमा टोलविकास समितिसगँ सम्मन्वय गरेर योजना गर्छौ:अध्यक्ष बेल्बासे


 

कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेडले वर्तमान समयमा सहकारीको अवस्था र टोल बिकास संस्थाहरुको भुमिका बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेले नगरबाट कृषि क्षेत्रमा नागरिकका गुनासो पुरा गर्नेखालका योजनालाई प्राथमिकता दिने बताउनु भयो । नगरका कृषकलाई राहत पुगो भनेरै मल सहकारीबाट वितरण गर्दे आएको बताउनु भयो । साथै सहकारीले आफै मनलाग्दि गरेर मल वितरण गरे वडा जवाफदेहि नहुने बताउँदे वडाका प्रतिनिधि राखेर अभिलेख सहित विरण गर्न आग्रह गर्नु भयो ।

 

कार्यक्रमका शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नेत्रप्रसाद बेल्वासेले सहकारी संस्थाले बितरण गरेको दुधमा किसानलाई प्रतिलिटर २ का दरले अनुदानको व्यवस्था रहेको बताउँदै आउँदो वर्षबाट मासुमा समेत अनुदानको ब्यवस्था गर्ने बताउनु भयो । टोल बिकाससँग सम्बन्धित उज्यालो अभियान अन्तरगत सडक बत्तीको लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

आगामि वर्षको बजेट तर्जुमा गर्दा टोलविकास समितिसगँ सम्मन्वय गरेर योजना मागरे बजेटको तर्जुमा गर्न लागि पर्ने बताउनु भयो ।स्थानीय स्तरमा भएका संघसंस्थाले गरेका काम कर्तब्यका बिषयमा आवश्यकता अनुसार तालिम आदीको व्यवस्था गर्ने पनि बताउनुभयो । वडा सदस्य खगी सुनार तथा सितादेवी शर्माले वडामा रहेका सम्पुर्ण संंघसंस्थाका अनुगमन गर्ने बताउदै यश कार्यमा सम्बन्धित सरोकारवाला सबैले सहयोग गर्न हार्दिक अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा सहकारी संस्थालाई कसरी बलियो बनाउने, बित्तीय सुशासनको आवश्यकता लगायतका बिषयमा शरद अधिकारीले सहजीकरण गर्नुभएको थियोे । सहकारीको हालको अवस्था सहकारी संस्थालाई टोल बिकास संस्थालाई कसरी जोड्न सकिन्छ भने बिषयमा शिवराज सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

सहकारी संस्थाका अध्यक्ष जगत पौडेलले सहकारी संस्था संचालन, समुहरसदस्य निर्माणका बिषयमा जानकारी गराउनुभएको थियो । शिवराज नगरपालिका वडा नम्बर ५ भित्र रहेका ११ वटा टोल बिकास संस्थाका अध्यक्ष ,सचिव, कोषाध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेड कपिलवस्तुका अध्यक्ष जगत प्रसाद पौडेलको अध्यक्षता, उपाध्यक्ष गोपाल बन्जाडेको स्वागत सहित कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमको संचालन सस्थाका सचिव नवराज न्यौपानेले गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार