कपिलवस्तु-सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको २५ औं वार्षिकोत्सबको अवसरमा संस्थाले देशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना सबै साखाहरुमा एकै साथ मानवीय सेवा तथा विविध सामाजिक काय कार्य गरेर वार्षिक उत्सव मनाएको छ।
सोहि अनुसार कपिलवस्तुको शिवराज २ वालापुरमा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टले पनि आज बृहत् रक्तदान कार्यक्रम गरेर दिवस मनाएको उक्त रिर्सोटका ब्यवस्थापक राजकुमार के सीले जानकारी दिनु भयो ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको वार्षिक उत्सवमा संचालन गरेको रक्तदान कार्यक्रममा सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा ४० प्वाइन्ट रगत संकलन भएको ब्यवस्थापक केसीले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चेम्बर अफ कमर्स केन्द्रिय सदस्य महादेव पोखरेलले साना ब्यापारबाट सूरु गरेको सिद्धार्थ बिजनेश ग्रुप आज देशका विभिन्न जिल्लाहरुमा आफ्नो शाखाहरु बिस्तार गरे सङगै धेरैलाई प्रत्येक्ष रोजगारिमा जोडन सफल भएको बताउनु भयो । सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टका सन्चालक समेत रहनु भएका पोख्रेलले पर्यटन प्रबर्द्धनमा सिद्धार्थ ग्रुपले अहम भुमिका खेलेको बताउनु भएको थियो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रौटा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टका सन्चालक इश्वरी पाण्डेले ब्यावसायिक पाटो सङ्गै सामाजिक उत्तरदायित्वलाई पनि बिजनेस गु्रपले ख्याल गर्नु पर्ने बताउनु भयो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको आयोजना र रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा संचालित बृहत् रक्तदान कार्यक्रम सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टका ब्यवस्थापक राजकुमार केसीको अध्यक्षता, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोख्रेलको प्रमुख आतिथ्यता, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेको विशिष्ट आतिथ्यता, सन्जिबनी सामुदायिक अस्पतालका अध्यक्ष टोपलाल पोख्रेल, नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ कपिलवस्तु शाखाका अध्यक्ष गोपाल बन्जाडे , शिवराज जेसिजका अध्यक्ष वाईपि पौडेललगायतको आतिथ्यता रहेको थियो ।