शिवराज २ माएमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न


कपिलवस्तु-
नेकपा एमाले शिवराज नगरपालिका वडा नं. २ को वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।संघिय र प्रदेश सभाको निर्वाचनको समिक्षा सगैं पछिल्लो राजनीतिक घटनाक्रम वर्तमान राजनीति अवस्था र संगठन परिचालन साथमा नेकपा (एमाले) ले आगामी फागुन १ गतेदेखि सुरु गर्न थालेको ‘मिसन ग्रासरुट’ अभियान लगायतका विषयमा छलफल भएको थियो । सोहि भेलामा एमाले वडा कमिटी अध्यक्ष रामकृष्ण रेग्मीले वडामा रहेका समस्या र विकासे योजनाहरु सहतिका माग एमाले जिल्ला उपसचिव एवम लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीसमक्ष पेस गर्नु भएको थियो ।

अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेतहनु भएका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले वडा नम्बर २ भित्रका सूक्ष्म योजना देखि बृहत योजना ल्याउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । दोस्रो पटक प्रदेश सभामा विजयी हुनु भएका के सीले गएको कार्याकालमा पुरा हुन नसकेका योजनालाई प्राथमिकता दिने बताउनु भयो ।

वडाबासिको समस्याको रुपमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने गरि लाग्न उहाँले बताउनु भयो । विगतमा एमालेले जित्दा शिवराजमा भएका परिवर्त भएको बताउनु भयो ।

एमाले मजबुत बनाउन योजनाको छलफल गरेर एजेन्डा सहित अगाडि बढन पर्ने एमाले जिल्ला कमिटी सदस्य द्रोण अधिकारीले बताउनु भयो बिका को लागि मित्रबत सम्बन्धको आवश्यक रहेको समेत बताउनु भयो ।

अहिलेको अवस्थामा शिवराज नगरपालिकामा नगर प्रमुख हार्दाको परिणाम समस्याको रुप जस्तै नगरका नागरीकले ५ वर्षसम्म झेल्नु पर्ने अवस्था आएको एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत प्रसाद पौडेलले बताउनु भयो । एमालेले समस्या समाधान गर्न कट्टी बद्ध रहेको उहाँले बताउनु भयो ।हरेक समस्याहरुलाई आत्म समिक्षा गर्दै अगाडि बढने उहाँले बताउनु भयो ।

र्काक्रममा एमाले शिवराजका उपाध्यक्ष महादे पोखरेलले नेकपा एमालेको बिकास का एजेन्डा जनमुखी रहेको बताउनुभयो ।पार्टीलाइ जनमुखि बनाउन नागरीकका अपेक्षित योजना र बिकास लाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।उहाँले एमाले अनुसासनको घेरा भित्र रहेर जिम्मेवारी पूरा गर्ने पार्टी रहेको भन्दै सबै नेताकार्यकर्ता त्यो भुमिका पालना गर्नु पर्ने बताउनु भयो ।

स्थानीय समस्या समाधान गर्न टोल बिकास समिति बाट योजना पूरा गर्न पर्ने ।आयाअर्जन जनताको आधार भुत आवश्यकता एमालेको पहिलो प्राथमिकता ।कार्यक्रममा नेकपा एमाले शिवराज नगर सचिव शरद अधिकारीले पार्टी मजबुद बनाउन हरेक टोलमा पार्टी सुदृढीकरण अभियान सगै प्रशिक्षण को आवश्यक रहने बताउनु भयो ।

कार्यक्रममा अनेम संघ शिवराज सचीव कमला डुम्रेले आफ्नो ठाँउ आफै बनाउ अभियान संचान गर्न अबश्यक रहने बताउनु भयो । उहाँले हरेक वर्ष नगरबाट विभिन्न विधामा तालीममा संचालन भए पनि कुनै ब्यवहारमा नआउने बताउनु भयो ।
कार्यक्रममा एमाले वडा कमिटी अध्यक्ष रामृष्ण रेग्मीले सुकुम्बासी समस्या समाधान सम्बन्धमा, नाली निर्माण वडा भित्र सडक कालो पत्रे गर्ने सम्बन्धमा विद्युतको समस्या समाधान ,खेल मैदान ,तटबन्ध लगायतका समस्या प्रदेशसभा सदस्य केसीसमक्ष पेस गर्नु भएको थियो । कार्यक्रममा एमाले सम्बद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार