पत्रकार महासंघ सदस्यताको माग गर्दै कपिलवस्तुमा संघर्ष समिति गठन


कपिलवस्तु –
नेपाल पत्रकार महासंघ सदस्यताको लागि कपिलवस्तुमा श्रमजीवी पत्रकारहरुको सदस्यता माग गर्दै क्रियाशील पत्रकारहरुले संघर्ष समिति गठन गरेका छन् । कपिलवस्तुमा रहेर लामो समयदेखि संचार क्षेत्रमा क्रियासिल पत्रकारहरुको शनिबार गोरुसिङ्गेमा सम्पन्न भेलाले सुसिल गैरेको संयोजकत्वमा ९ सदस्यीय संघर्स समिति गठन गरेको हो । संघर्स समितिको सह संयोजकमा माया बस्नेत, सदस्यहरु राम अवतार चौधरी, सम्भु विक, सत्रुधन खरबिन्द, केशव बेल्वासे, सिर्जना आर्चाय, दिपिका सुनार, लगायत रहेको समिति गठन गरीएको छ ।

यसैगरी क्षेत्रगत रुपमा पत्रकारहरुको डकुमेन्ट जम्मागरी महासंघमा पेश गर्नका लागि क्षेत्रगत जिम्मेवारी प्रदान गरीएको छ । क्षेत्र नं १ का लागि पशुपति गिरी, क्षेत्र नं २ का लागि सत्रुधन खर्बिन्द र क्षेत्र नं ३ का लागि घनस्याम भरलाइ जिम्मेवारी प्रदान गरीएको छ ।

यस्तै छिट्टै अर्को बैठक बसि महासघंमा ध्यानाकर्षण पत्र बुझाउने, क्रियाशिल पत्रकारहरुलाइ सदस्यता प्रदानका लागि महासघंमा दबाब सिर्जना गर्ने, पाटि भन्दा पनि क्रियाशिलताका आधारमा सदस्यता वितरणका लागि माग गर्ने पनि बैठकले निर्णय गरेको छ । बैठकमा संयोजक गैरेलो क्रियाशिल पत्रकारले जुनै हालतमा भएपनि सदस्यता पाउनुपर्ने बताए ।

धेरै पढिएको

ताजा समाचार