
काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि निर्वाचन आयोगले हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।
Tata
NMB
आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ ।
Laxmi bank
आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । यता नेकपा एमालेले पनि उम्मेदवार तय गर्न सचिवालय बैठक बोलाएको छ ।
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । आज बिहान बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसबारे ठोस निर्णय लिनेछ ।