
कपिलवस्तु
नेकपा एमाले शिवराज नगरकमिटीको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।शिवराज नगरपालिका नगर कमिटी सचिवालय सदस्य गोपाल प्रसाद बन्जेडेको बुबा रेमला बन्जेको यहि फागुन ८ गते भएको निधन प्रति कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा ३ मा आफनै निवासमा पुगेर दिन ७० बर्षको उमेरमा भएको असमायिक निधनमा पार्टी को तर्फबाट शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।
शेक सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले स्वर्गीय बन्जाडेको निधनले सिङ्गो कम्युनिस्ट र समाज लाई अतुलनीय क्षति भएको बताउनु भएको थियो।
कर्तव्य निष्ठ, मेहनती, शाालिन भद्र, सामाजिक क्षेत्रमा अग्रसर रहने स्वर्गीय बन्जाडेको निधनले पार्टी स्तव्ध भएको बताउँदै उहाँले गाउँ, समाज लागि ठूलो भूमिका खेलको भन्दै पार्टीले सदैब मूल्यांकन गर्ने बताउनु भयो ।
त्यस्तै सोक सभालाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले सरल स्वभाव ,उच्च बिचार ,निस्वार्थ भावना ,हक्की शैली सर्बहारा ,श्रमजीवी स्वर्गीय बन्जाडेको मार्गदर्शन लाई आत्मसात गर्नुपर्ने बताउनु भएको थियो ।
शोक सभाको अध्यक्षता एमाले शिवराजका अध्यक्ष जगत पौडेको अध्यक्षता एवम सचिव शरद अधिकारीको संचालनमा शोक सभामा एमाले नेताहरुको सहभागिता रहेको थियो । स्वर्गीय बन्जाडेको श्रीमती, ४ छोराबुहारी र २ छोरी हुनुन्छ ।