बन्जाडेको निधनप्रति एमाले शिवराजद्वारा शोक सभा


 

कपिलवस्तु
नेकपा एमाले शिवराज नगरकमिटीको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।शिवराज नगरपालिका नगर कमिटी सचिवालय सदस्य गोपाल प्रसाद बन्जेडेको बुबा रेमला बन्जेको यहि फागुन ८ गते भएको निधन प्रति कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा ३ मा आफनै निवासमा पुगेर दिन ७० बर्षको उमेरमा भएको असमायिक निधनमा पार्टी को तर्फबाट शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।
शेक सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले स्वर्गीय बन्जाडेको निधनले सिङ्गो कम्युनिस्ट र समाज लाई अतुलनीय क्षति भएको बताउनु भएको थियो।
कर्तव्य निष्ठ, मेहनती, शाालिन भद्र, सामाजिक क्षेत्रमा अग्रसर रहने स्वर्गीय बन्जाडेको निधनले पार्टी स्तव्ध भएको बताउँदै उहाँले गाउँ, समाज लागि ठूलो भूमिका खेलको भन्दै पार्टीले सदैब मूल्यांकन गर्ने बताउनु भयो ।

त्यस्तै सोक सभालाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले सरल स्वभाव ,उच्च बिचार ,निस्वार्थ भावना ,हक्की शैली सर्बहारा ,श्रमजीवी स्वर्गीय बन्जाडेको मार्गदर्शन लाई आत्मसात गर्नुपर्ने बताउनु भएको थियो ।
शोक सभाको अध्यक्षता एमाले शिवराजका अध्यक्ष जगत पौडेको अध्यक्षता एवम सचिव शरद अधिकारीको संचालनमा शोक सभामा एमाले नेताहरुको सहभागिता रहेको थियो । स्वर्गीय बन्जाडेको श्रीमती, ४ छोराबुहारी र २ छोरी हुनुन्छ ।

धेरै पढिएको

ताजा समाचार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी, जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।