कपिलवस्तु – शिवराज नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी(एमाले) शिवराज नगर कमिटीले भोलि देखि मिसन ग्रास रुट अभियान चलाउने भएको छ। पार्टी केन्द्रीय कमिटीले तय गरेको मिसन ग्रास रुट अभियानलाई शिवराज ५चन्द्रौटा बाट शुभारम्भ गरिने एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो।
१० गते एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले कपिलवस्तु जिल्ला स्तरीय मिसन ग्रास रुटको समउदघाटन गर्नु भएको अभियानको जिल्लाका ६ वटा नगरमा सुभारम्भ भइसकेको छ ।
मिसन ग्रासरुट (पार्टी सुदृढिकरण अभियान) शिवराज नगरस्तरीय अभिमुखिकरण अभियानमा एमाले केन्द्रिय सदस्य पशुपति दयाल मिश्रलगायतका नेताहरूले जिम्मेवारी पाउनु भएको छ।चेम्बर अफ कमर्सको हलमा भोलि विहान ११ बजे मिसन ग्रासरुट अभियानको एमाले केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले उद्घाटन गर्ने एमाले शिवराजका सचिव सरद अधिकारीले जानकारी दिनु भयो ।