कपिलवस्तु -नेकपा एमाले शिवराज नगर कमिटिले मिसन ग्रासरूट अभियानकाे सुभारम्भ गरेकाे छ । कार्यक्रमलाई सम्बाेधन गर्दै जनताकाे पक्षमा रहनका लागि सरकारमा नरहेर पनि जनताकाे घरदैलाेमा पुग्न जरूरी रहेकाे नेकपा एमाले केन्द्रीय कमिटि सदस्य पशुपति दयाल मिश्राले बताउनुभयाे ।
श्रमीकहरूकाे पार्टि नेकपा एमाले भएकाेले ब्यक्ति पुजिपती बनाउन भन्दा राज्य पुजिपती बनाउई जनताकाे आधारभुत आवस्यकताकाे ग्यारेन्टि गर्ने सरकार नेकपा एमालेबाट मात्र सम्मभव भएकाे मिश्राले बताउनुभयाे ।
केहि स्वार्थले लुलुप्त नेताहरूले गर्दा संगठनात्मक अराजकता अवस्था श्रीजना भएकाेले आफ्नै पार्टिका नेताहरूले सरकार विराेधि गतिविधि संचालन गरी पार्टि विगठन भएता पनि नेपाली जनताकाे बिकास र समृद्धिका लागि नेकपा एमालेलाई जनताकाे घरदैलाे सम्म पुर्याउन मिसन ग्रासरूट अभियान संचालन गरेकाे मिश्राले बताउनुभयाे ।
कार्यक्रममा नेकपा एमाले अब जनातकाे घरमा जाने जनताकाे समस्या बुझ्ने सवालमा अग्रपंत्तिमा उभिने पार्टी भएकाे लुम्बिनी प्रदेश कमिटि सदस्य जन्जीर प्रसाद चाैधरी प्रदेश कमिटि सदस्य, प्रभा पाडेल, नेकपा एमाले सचिवालय सदस्य पितम्बर खनाल लगायतले जाेडदिनुभयाे ।
अभियानलाई सार्थक बनाउनशिवराज नगरपालिकाकाे विभिन्न नेताहरूकाे जिम्मेवारी बाडफाड समेत गरिएकाे छ ।कार्यक्रममा एमाले प्रदेश विभाग सदस्य विष्णु प्रसाद खतिवडा , एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराज , जिल्ला सचिवालय सदस्य टोपलाल पोखरेल ,जिल्ला सदस्य बाबुराम सापकोटा ,शिवकुमारी थारुलगायत एमाले नेता कार्यक्रताको सहभागिता रहेको कार्यक्रम शिवराज नगर कमिटि उपाध्यक्ष महादेव पोख्रेलको स्वागत मनतब्य नगर कमिटी सचिव शरद अधिकारीको संचालन र नगर कमिटि अध्यक्ष जगत पौडेलले अध्यक्षतामा सम्पन्न भएको हो ।