
माधव बेल्वासे
चन्द्रौटा,२१ फागुन
कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधिहरू आक्रोशित भएका छन् । वर्षे नि सीपमूलक तालिम आयोजना गरे पनि उपलब्धि नभएको दुखेसो पोखे । घरेलु तथा साना उद्योग कपिलवस्तुले आयोजना गरेको तीन महिने ढाका सम्बन्धी सीपमूलक तालिमको समापन समारोह लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सीपलाइ व्यवहारमा उर्तान नसकेमा तालिमको कुनै अर्थ नरहेको बताउनुभयो । केसीले ढाकाको कपडा मागको विषयमा चर्चा गर्दै व्यवसायी बन्न राज्यले ठुलो लगानी गरेको बताउनुभयो ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले वर्षे नि तालिम आयोजना भए पनि उपलब्धि नभएको बताउनुभयो । ‘सरकारको मात्र मुख नहेरौँ आफू पनि जागरूक हुनुपर्छ, थापाले भन्नुभयो ‘महिलाहरू लक्षित गरेर पालिकाहरूले करोडौँ बजेट विनियोजन गरेका छन्, ।
थापाले तालिममा सहभागी भएर प्रमाण पत्र मात्रै बुझ्ने काम हुने गरेको जिकिर गर्नुभयो । आयोजकले सबै व्यवस्था गर्न नसक्ने भन्दै सहभागीहरूको मनमा सिकेका कुरा व्यवहारमा उतार्छु भन्ने सोच हुनुपर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख शिवकुमारी थारुले ढाका सम्बन्धी तालिम लिएकाहरूले अब सानो भए पनि व्यवसाय सुरु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले जुनसुकै तालिम पनि लिने र प्रमाणपत्र घर थन्काउने चलन रहेको बताउनुभयो । ‘एउटै व्यक्तिले सबै तालिम किन लिनुप¥यो ? सापकोटाले भन्नुभयो । तीन महिने ढाका सम्बन्धी सीपमूलक तालिम अपुग भएको कुरा आएकोले नगर र वडाले तालिम पुरा गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुको अध्यक्ष महादेव पोख्रेल ,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डे, महिला अधिकारकर्मी मिना परियार,ज्योति पुन मगर लगायतको सहभागिता रहेको थियो । तीन महिना सम्म चलेको तालिममा १५ जना सहभागी भएका थिए ।