शिवराजमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकामा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । “लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मूल नाराका साथ चन्द्रौटामा भब्य रूपमा बुधबार दिवस मनाइएको हाे ।

नगरपालिकाका मेयर अजय थापाले कार्यक्रमलाई सम्बाेधन गर्दै समुन्नत समाजकाे निर्माण गर्न महिलाकाे अहम भूमिका रहेकाे बताए । विगतभन्दा तुलनात्मक रुपमा महिलाले पनि अग्र स्थानमा पुगेकाे बताउँदै सामाजिक परम्पराले बाँधिएको उनले जनाए । केही अवसरबाट बाञ्चित भएकाे जनाउँदै त्यसलाई चिर्न अगुवाहरु लाग्नुपर्नेमा मेयर थापाले जाेडदिए ।
कार्यक्रममा वडाध्यक्ष खिमबिक्रम केसी, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोखरेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखा सभापति विष्णु प्रसाद खतिवडा, कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा, शान्ति पुन: र्स्थापना गृहकी प्रतिनिधि सुशिला खनाल, शिवराज आशा सञ्जालकी सचिव गुन्जा थारु लगायतले पुरुषत्वकाे भावनाकाे अन्त्य गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा उपमेयर शिव कुमारी थारुको अध्यक्षता, पूर्व मेयर नेत्रराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे, शिवराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटा, ५ नम्बरका वडाध्यक्ष नेत्रराज बेल्वासे लगायतको विशेष आतिथ्यता रहेकाे कार्यक्रममा महिला अधिकारकर्मी इन्दिरा अर्यालले अवधारणापत्र प्रस्तुत गरेकी थिइन । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सशस्त्र प्रहरीहरू तथा महिला अगुवा, महिला अधिकारकर्मी लगायतकाे सहभागिता रहेकाे नगरपालिकाले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार