कपिलवस्तु –सामुदायिक रेडियो भ्वाइसको अध्यक्षमा बल बहादुर विश्वकर्मा चयन हुनुभएको छ । परिवर्तन सन्चार गृहद्धारा संचालित सामुदायिक रेडियो भ्वाइस १०२.४ मेगाहर्जको १० औं बार्षिक साधारणसभा तथा ७ औं अधिवेशनले आज विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा कमलनाथ चौधरी, महिला उपाध्यक्ष सुमित्रा अधिकारी, सचिव संजीव गहतराज, सहसचिव कमला भारती, कोषाध्यक्ष कपिलदेव खनाल, सदस्यहरु शरद अधिकारी, गीता पौडेल, कृष्ण गैरे, लेखा समिति संयोजकमा हेमलाल पौडेल र सदस्य ओम प्रकाश चौधरी सर्वसम्मत निर्बाचित हुनुभएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले आम समुदायलाई सुसूचित गर्ने कार्यमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउदै सञ्चारमाध्यमलाई अग्र पंक्तिमा पुर्याउनु सबैको दायित्व रहेको औंल्याउनुभयो ।
यस्तै शिवराज नगरपालिका पुर्व नगर प्रमुख नेत्रराज अधिकारी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा ,सस्थापक अध्यक्ष निशा विश्कर्मा , पुर्व स्टेशन म्यानेजर नवराज भुसाललगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिदै रेडियोको विकासमा काम गर्न आग्रह गर्नुभयो ।