
कपिलवस्तु-कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको नेपाल आदर्श नेपा आदर्श बहुखुखि क्याम्पस चार विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् । आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा शनिबार चार संगठनले सभापतिसहितका पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
।
निर्वाचनका लागि एमाले निकट अनेरास्ववियुले सभापतिमा राम कुमार तेलिलाई उठाएको छ । जसको सचिवमा अर्जुन बेल्बासे ,कोषाध्यक्षमा गुन्जाम थारु सदस्य अनुपा खड्का ,कुमार के सी ,लक्ष्मि कार्कि, निलम मिश्रा र दिलिप कुर्मिसहित समानुपातिक तर्फका उम्मेदवार पनि दर्ता गरेको छ।
त्यस्तै नेवि संघबाट दिवाकर उपाध्याय , लोकतान्त्रिक संयुक्त प्यानलबाट सुनिल हरीजन , राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन पुरन आचार्यले सभापित पदका लागि उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृत जिवलाल भुसालले जानकारी दिनु भयो