कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकामा तीन महिने एडभान्स फेसन डिजाइनिङ्ग सिलाई कटाई तालिम सुरु भएको छ ।शिवराज नगरपालिकाको आर्थिक सहयोग र माईक्रोटेक ट्रेड्निङ एकेडेमीको प्राविधिक सहयोगमा आज देखि सुरु भएको तालिम शिवराज नगरपालिकाका तिन वटा वडा ५, ६ र ८ नम्बर वडामा एकै साथ संचालन गरीने भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अजय थपाले यो तालिम लिएपछि आर्थिक रूपमा विपन्नहरु परिवारका महिलाहरु व्यवसायिक वन्नु पर्नेमा जोेड दिँदै सफल व्यवसायी वन्न इच्छुकका लागि नगरले सधैं सहयोग पुर्याउने वताउनुभयो ।
शिवराज नगरपालिकाले विगतका वर्षहरुमा जस्तै यो वर्ष लघु उद्यमी वन्न चाहने आर्थिक विपन्न महिलाहरुका लागि सिलाई कटाई एडभान्स तालिम सुरु गरेको नगर उप प्रमुख शिवकुमारी थारुले बताउनु भयो ।
उक्त तालिमले महिलाहरुका लागि व्यवसायी वन्न थप टेवा पुर्याउन वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले बताउनु भयो ।तीन महिने एडभान्स फेसन सिलाईकटाई तालिममा वडा नम्बर ५ का २० महिलाले तालिम लिने बताउन भयो ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष महेताप आलम खाँले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रका अध्यक्ष एवम माईक्रोटेक ट्रेड्निङ एकेडेमीका ब्यवस्थपक अनिल अधिकारीले मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन गर्न कठिनाई नहुने उहाले बताउनु भयो ।लैंगिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम अन्तर्गत आज देखि सुरु भएको तालिममा तिन महिना सम्म संचालन हने छ ।