शिवराजमा किशोरीलाई आत्मरक्षा तालिम

कपिलवस्तु-जहाँ उत्पिपडत र विभेद त्यहाँ आशा संजालको प्रतिरोध भन्ने नारा सहित किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि शिवपुर आशा संजालको आयोजना स्ट्रोमो फाउण्डेशन तथा किर्डाक नेपालको सहयोग शिवराज नगरपालिका वडा नम्बर १ को संमन्वयमा १२ गते देखि सुरु भएको तिन दिने आत्मरक्षा तालिम आज एक कार्यक्रमका विच समापन भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिम विक्रम के सी ले महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको बताउनु भयो । किशोरहरु माथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने बताउँदै किशोरीहरुको आत्म सुरक्षाको लागि वडाले काम गर्ने बताउनु भयो ।
कार्यक्रममा चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी भएका आक्रमण प्रतिरक्षा गर्ने भन्ने विषयमा पहिलो
किशोरीहरुको आत्म रक्षाको लागि शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान यस्ता तालिमले सहयोग पुग्ने बताउनु भयो । यस्ता तालिमहरुले किशोरीहरु ंिहंसाको आफंै प्रतिकार गर्दै यौनहिंसाबाट जोगिन सक्ने भन्दै आत्मरक्षा तालिम अनिवार्य छ रहेको बताउनु भयो । कार्यक्रममा कराँते संघका प्रदेश सचिव एवम तालिमका प्रशिक्षक रामु सुनारले किशोरीले आत्मरक्षाको लागि यो तालिमले हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमणबाट केहि हदसम्म भए पनि प्रतिकार गर्न टेवा पुग्ने बताउनु भयो
। तालिममा नगरभित्रका ३३ किशोरीलाई शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको सुनारले बताउनु भयो । कार्यक्रम शिवपुर आशा संजालका अध्यक्ष सागर थारुको अध्यक्षता ।सचिव गुञ्जा थारुकोको संचालनमा समापनमा भएको थियो ।

 

धेरै पढिएको

ताजा समाचार