कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ र ४ मा तीन महिने वेशिक कम्प्यूटर तालिम सुरु भएको छ । वडा तथा नगरको सहयोगमा राइटस्टेप एजुकेसन प्रालिको प्राविधिक सहयोगमा संचालन हुने तालिमको बुधवार उद्धघाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले अहिलेको युग प्रविधिको युग रहेको जिकिर गर्नुभयो । नगरवासिहरुलाई सिपयुक्त बनाउन प्रत्येक वडामा सीपमुलक तालिमहरु आयोजना भइरहेको बताउनुभयो । सामान्य जागिरको लागि पनि कम्प्युटर शिक्षा अवस्यता हुने भएकोले वडामा आवेदन भएअनुसार छनोट गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले तालिम अवधिभर पूर्ण रुपमा समय दिन आग्रह गर्नुभयो । वडावासि महिलालाई प्राथमिकता दिएर छनोट गरिएको बताउँदै कम्प्युटर सीप भएमा मानिस बेरोजगार बस्न नपर्ने जिकिर गर्नुभयो । चाहाना भएर पनि आर्थिक अभावले कम्प्युटर शिक्षा लिन नपाएको भए त्यसलाई थप प्राथमिकता दिने बताउनुभयो ।
कार्यक्रममा वडा ४ का अध्यक्ष नसिद अहमद खाँले वडावासिको चाहाना अनुसार तालिम आयोजना गरेको बताउनुभयो । तालिममा सिकेका कुरालाई आगमी दिनमा कार्यन्वयन गर्न सुझाव दिनुभयो । राइटस्टेप एजुकेसन प्रालिका निर्देशक दिपेन्द्र पौडेलले उत्कृष्ट दुई जना विद्यार्थीहरुलाई एक वर्षे कोर्ष निशुल्क प्रदान गरिने बताउनुभयो । देशभरमा ५९ जिल्ला शाखा विस्तार गरेको बताउँदै शिवराजमा प्रत्येक वर्ष तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
शिवराजमा तीन महिने कम्प्यूटर तालिम सुरु
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech