मिसन ग्रासरुट अभियानको एमाले शिवराजद्धारा नगर स्तरीय समीक्षा सम्पन्न

 

कपिलवस्तु नेकपा एमाले शिवराज नगर कमिटीको १० औ बैठक सम्मपन्न भएको छ । बैठकमा संगठन विस्तारका लागि  २ महिना सम्म संचालन हुदै आएको ’मिसन ग्रासरुट’ अभियान लगायतका विषयमा छलफल भएको थियो ।

बैठक एवम भेलालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटि सदस्य पशुपति दयाल मिश्राले राजनितिको पद्धतिअनुसारको पार्टी बनाउने उदेश्य सहित एमालेले यो अभियान संचालन गरेको बताउनु भयो ।
उक्त अभियानले जिम्मेबारी अनुसार नेताहरु कार्यक्रताहरु मझ पुगेर गुनासो सुनेको भन्दै र संगठन मजबुद पार्न यो अभियानले सुदृढीकरणमा सहज भएको बताउनु भयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य जन्जिर प्रसाद थारुले पार्टीले खटाए अनुसार आफु २ महिना देखि कार्यकर्ताहरु माझ नै खटेको बताउनु भयो । यो अभियानले पार्टीलाई मजबुद बनाउन कदम चाल्न सहज हुने बताउनु भयो । यो अभियानले एमालेका केहि असन्तुष्ट ब्यक्तिहरु   सकृय बनाएको बताउनु भयो ।

सोहि बैठकलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य प्रभा पौडेलले यो अभियानमा आफुले पाएको जिम्मेवारी टोलटोलमा पुगेर कार्यक्रतामाझ गुनासो सुन्ने बुझने गरेको बताउनु भयो ।

कार्यक्रममा एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराजले जनसंगठन निमार्ण , परिचालन , संगठित सदस्यको महत्वका विषयमा यो अभियानले हरेक कार्यकर्तालाई जानकार पार्न सहयोग गरेको बताउनु भयो । पार्टीलाई मजबुद्ध पार्न यसैगरी हरेक टोलका कमिटि परिचालित हुनु पर्ने बताउनु भयो ।

बैठकलाई सम्बोधन गर्दै एमाले जिल्ला उप सचिव अर्जुन कुमार के सी ले एमालेका नेता कार्यकर्ताहरुमा कम्युनिष्टहरुको शैली , पद्धती र अनुशासन का बारेमा जानकार हुनु पर्ने बताउनु भयो । कम्युनिष्टको आचरण , कार्य शैली व्यवहारले देखाउनु पर्ने उहाँले बताउनु भयो ।

एमाले शिवराजका अध्यक्ष जगत पौडेलले अध्यक्ष आसन ग्रहणबाट बोल्दै यो अभियानले पार्टीको चेन अफ कमाण्डमा टिम निर्माण गरी परिचालन वडा स्ततरीय भेला , टोलकमिटी गठन एवम , अभियानले गरेको सुधारका पक्षयहरु सहित अभियानकोो परिमाणलाई आगामी दिनमा मूल्यांकनको विषय बनाउनु पर्ने बताउनु भएको थियो ।

एमाले शिवराजका उपाध्यक्ष महादेव पोखरेलले स्वागत मन्तव्य दिदैं एमालेका नेता कार्यकर्ताले बफदारीता र अनुसासनलाई ख्याल गर्नु पर्ने बताउनु भयो । सोहि कार्यकूममा गत चैत ५ गते भएको स्ववियुको निर्वाचनमा अनेराश्वियुको तर्फबाट उम्मेदवार भई विजयी नेपाल आदर्श बहुमुखी क्याम्पस तथा समयथान बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा निर्वाचित तथा उम्मेदवार पदाधिकारी सबैलाई सम्मान गरेको थियो । केन्द्रिय, प्रदेश , नगर एवम वडा स्तर देखि एमाले नेता तथा कार्यकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमको संचालन एमाले शिवराजका सचिव शरद अधिकारीले संचालन गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार