सहकारीले कृषकमा थपियो उत्साह

राम अवतार चौधरी ,१८ चैत ।नयाँबस्ति दुग्ध उत्पादन सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-११, नयाँबस्तिमा रहेकाे सहकारीको ३०औं साधारणसभा शनिबार सम्पन्न भएकाे सहकारीले जनाएकाे छ ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले आर्थिक पाटाेलाई मजबुत बनाउँदै सहकारीले सामाजिक गतिविधिमा प्रभावकारी भुमिका खेल्ने बताए । ग्रामीण भेगलाई मध्यनजर गर्दै सञ्चालन गरिएकाे दुग्ध संकलन केन्द्रले आम स्थानीयकाे समस्या समाधान गर्न ज्वलन्त उदाहरण भएकाे केसीले उल्लेख गरे ।

यसैबीच शिवराज नगरपालिका-११ का वडा अध्यक्ष रामेश्वर बर्माले लामाे समयदेखि सञ्चालनमा रहेकाे सहकारीले स्थानीय समुदायका पशुपालकलाई सकारात्मक प्रभाव पारेकाे बताए । दुग्ध संकलन गर्न टाटा जानुपर्ने बाध्यता हटेकाे उनले दाबी गरे । वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले पशुपालक किसानलाई सहकारीले टेवा पुगेकाे बताए । सहकारीले दुग्ध संकलन मात्रै नभएर अब कृषकलाई मल खाद लगायत कृषिजन्य वस्तु उपलब्ध गराउने कार्य सराहनीय रहेकाे जनाए ।

नेपाल डेरी एसाेसियसन ग्लाेबल डेरीका अध्यक्ष थानेश्वर न्याैपानेले देशलाई समृद्ध बनाउन सहकारीले उत्पादनमूलक कार्यमा लगानी गरेकाे बताए । कृषकले उत्पादन गरेकाे दुग्ध सहकारीले संकलन केन्द्र सञ्चालन गरि सराहनीय कार्य गरेकाे उनले प्रशंसा गरे । यत्रतत्र छरिएर रहेकाे किसानकाे मर्म बुझि सहकारी स्थापना गरिएकाे दावी गरे ।

सहकारीले गत आर्थिक बर्ष २०७८-०७९ मा २ कराेड ४१ लाख ४९ हजार ९ सय २८ रुपैयाँको काराेबार गरेकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारीको डेरीमा लामाे समयदेखि गाउँघरबाट संकलन गरि ल्याउने स्थानीय १२ कृषकलाई ठेकी र खादाले सम्मान समेत गरिएको सहकारीले जनाएकाे छ । त्यसैगरी शिवराज नगरपालिका पशु शाखा प्रमुख धानेश्वर खनाल र लेखनाथ खनाल लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी, जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।