नाडेपले गर्यो वार्सिक उत्सवमा सामाजिक काम

 नवराज पौडेल कपिलवस्तु ।। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बरको कार्यालय शिवपुरलाइ नाडेप लघुबित्त संस्थाले ५ थान बेन्च हस्तान्तरण गरेको छ ।
जिल्लाको शिवराज नगरपालिका १ शिवपुरमा अबास्थित संस्थाले आफ्नो नबौ वार्सिक उत्सबको अबसरमा एक कार्यक्रमका बिच आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वडालाइ ५० हजार बराबरको बेन्च वडा नम्बर १ का वडा अध्यक्ष विक्रम केसिलाइ हस्तान्तरण गरिएको शाखा प्रमुख प्रभात अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसिले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वडालाइ बेन्च हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै अन्य संस्थाले समेत यसको सिको गरि सामाजिक काममा अग्रसर हुन आग्रह गर्नुभयो । सस्थाले आफ्नो बार्सिक उत्सवमा हरेक वर्ष सामाजिक क्रियाकलाप गर्दै आइरहेको शाखा प्रमुख अर्यालले बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार