शिवराज नगरपालिका वडा न ३ को खरेन्द्रपुरको चोकमा पृथ्वीनारयाण शाहको सालिक निर्माण सहितको पार्क बनाउने कामले तिव्रता लिएको छ ।
३०१ औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले केही समय पहिला उक्त स्थानमा एक कार्यक्रम बिच शिलान्यास गरेका हुन्। खरेन्द्रपुर चोकमा पचिस लाखको लागतमा पार्क सहितको सालिक निर्माण कार्यले यस क्षेत्रका जनतालाई आफनो पुर्खा र पूर्वजको सम्मान भएको नगर प्रमुख अजय थापाले बताए ।
यस क्षेत्रमा लोकप्रिय मत प्राप्त गरि स्थानिय तहमा निर्वाचित भए संगै थापाले लोक कल्याणमा धेरै राम्रो काम गर्दे आएको रामनाथ थारुले बताए ।
वडा न ३ का वडाध्यक्ष टेकलाल सापकोटाले बाइसे चौबीसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिंगो नेपाल निर्माणका नायकको सालिक सहितको पार्क निर्माण हुनु अत्यन्त सान्दर्भिक र महत्पुर्ण विषय भएको बताए।
आफू निर्वाचित भएर आएपछि पहिलो आर्थिक बजेटमा नै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक सहितको पार्क र आपनो कार्यकक्षमा राष्ट्र निर्माताको फोटो समेत राखेको नगरप्रमुख थापाले बताए।
विभूति पार्कको निर्माणसँगै राष्ट्रनिर्माता शाहको सालिक निर्माण गरी पछि राष्ट्रिय विभूतिहरूको सम्मानार्थ नगरपालिकाले आ.व. २०७९।०८० मा छुट्याएको बजेट रु. २५ लाखको लागतमा सालिक सहितको पार्क निर्माण हुने वडा नं. ३ का वडाध्यक्ष सापकोटाले बताए।
शिवराजको खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको सालिक सहित पार्क निर्माण सुरु
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech