कपिलवस्तुको शिवराज नगरपालिकाले सेवा प्रवाहमा सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गरेको छ । नागरिक सहायता कक्षको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उध्योग पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले नागरिक सहायता कक्षबाट सर्वसाधारणलाई काम गर्न सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के सी ले नागरिक सहायता कक्षबाट सर्वसाधारणलाई काम गर्न सहयोग पुग्ने बताउनु भयो । सहायता कक्ष निर्माण गरेर मात्रै नहुने भन्दै सेवा कक्षको अनुगमनलाई चुस्त बनाउनु पर्ने बताउनु भयो ।
नगरले प्रबाह गर्ने सेवामा नागरिकले सास्ती खेप्नुपरेको भन्दै नगरप्रमुख अजय थापाले सहज सेवा प्रवाहका लागि सहायता कक्ष निर्माण गरेको बताउनु भयो । नगरभित्रै बन्ने नागरिक सहायता कक्षबाट सर्वसाधारणलाई काम गर्न सहयोग पुग्ने उहाँले बताउनु भयो ।
नगरपालिकामा विभिन्न समस्या लिएर उपस्थित हुने जेष्ठनागरीक, अपांग ,गर्भवति महिला लगायत सबैलाइ सहजरुपमा सेवा प्रवाह गर्ने उदेश्य सहित नगरपालिकामा सहायता कक्ष स्थापना गरेको प्रमुख थापाले बताउनु भयो । साथै प्रतीक्षा कक्षमा टेलिभिजन ,वाइफाइ,चिसोतातो पानी तथा चिया को ब्यवस्था गरेको प्रमुख थापाले बताउनु भयो ।।
नगरपालिकामा आउने सबै सेवाग्राहिहरुको सहजताको लागि नागरीक सहायता कक्ष स्थापना गरेको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनु भयो ।
साथै नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पु¥याउने उद्देश्यका साथ आजै स्तनपान कक्षको स्थापना गरिएको नगर उपप्रमुख थारुले बताउनु भयो । “स्तनपान कक्षको निर्माणपछि अब नगरपालिकामा सेवा लिन आउने आमाहरुले सार्वजनिक रुपमा आफ्ना बालबालीकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि नगरपालिकाले स्तनपान कक्ष निर्माण गरेको उहाँको भनाइ छ ।
नागरीक सहायता कक्षबाट सम्बन्धित कक्ष सम्म जान नसक्ने सेवाग्राहिहरुको फाईल पुराईदिने ,निशुल्क फोटोकपि गरी दिने , फर्म भरिदिने तथा आवश्यक निवेदन लेखिदिनेलगायतको सेवा प्रवाह गर्ने प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले बताउनु भयो ।