१८ हजार बढी को आँखा जाच र २ हजार बढी को निशुल्क शल्यक्रिया

 कपिलवस्तु -छन्द (कालेबाबु) नारायणी आँखा  अस्पतालले चालू आ.ब. फागुन महिनासम्म १८६१६ जनाको निशुल्क आँखा जाँच र २४२९ जनाको निशुल्क मोतिबिन्दु को शल्यक्रिया गरेको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको नियमित कर्मचारी बैठक मार्फत यो तथ्यांक बाहिर ल्याएको हो ।
बैठकमा अस्पतालको चालू आ.ब. २०७९/०८० को लक्ष्य तथा प्रगतिको बारेमा छलफल गरिएको थियो । अस्पताल ले ओपडि तर्फ ७२३६६ लक्ष्य राखिएकोमा चालू आ.ब.को फागुन महिना सम्म ५३५६० अर्थात ७४ प्रतिशत लक्ष्य हासिल गरिएको र सोही अवधीमा मोतिबिन्दु शल्यक्रिया तर्फ ८९४५ लक्ष्य राखिएकोमा ७००६ अर्थात ७८ प्रतिशत प्रगति हासिल गरेको ओपडि इन्चार्ज ओपेन्द्र चन्द ले जानकारी दिनु भयो ।
फागुन सम्म १२ सर्जिकल शिबिर र १४ वटा पिक अफ स्क्रीनिङ गरिएकोमा १८६१६ को आँखा जाच गरिएको र २४२९ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको बताइएको छ । त्यसैगरी कान सेवा तर्फ ७१ प्रतिशत लक्ष्य हासिल भएको छ ।अस्पतालको आम्दानी तथा खर्चको बारेमा लेखापाल जेनिशा थापाले जानकारी गराउनु भएको थियो । बैठकमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल द्वारा संचालित कृष्णनगर रिफरल सेन्टरको लक्ष्य तथा प्रगति बारेमा पनि छलफल गरिएको थियो । जस अनुसार ओपडि तर्फ ७० प्रतिशत,चस्मा जाँच तर्फ ६४ प्रतिशत,शर्मर तर्फ १८५ प्रतिशत र माइनर सर्जरी तर्फ १२० प्रतिशत लक्ष्य हासिल गरिएको सेन्टर इन्चार्ज रजनिश श्रीवास्तव ले जानकारी दिनु भयो । बैठक आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुलक्ष्मी कटुवालको अध्यक्षतामा बसेको थियो भने बैठकको सन्चालन प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा ले गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार