शिवराजमा घटना दर्ता सप्ताह सम्बन्धी अन्तर्क्रिरया तथा शुभकामना आदान प्रदान

कपिलवस्तु – शिवराज नगरपालिकाले घटना दर्ता सप्ताह सम्बन्धी पत्रकारहरूसंग अन्तर्क्रिरया तथा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बैशाख १ गतेदेखि ७ गतेसम्म संचालन हुन लागेको घटना दर्ता सप्ताहलाइ सफल पार्न र नागरकि माझ पुर्याउन आज अन्रक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा नगर प्रमुख अजय थापाले जन्म, मृत्यु, विवाह, सम्बन्ध बिछेद जस्ता घटना घटेको ३५ दिन भित्र आफु बसेको वडा कार्यालयमा गएर घटना दर्ता गर्न आग्रह गर्नुभयो । नयाँ वर्ष २०८० को सुभकामना दिदै मेयर थापाले पत्रकारले सहि कामको प्रसार प्रचार र गलत काममा खबरदारी गर्नुपर्ने बताउनुभयो । नगरमा निशुल्क शिक्षा, विद्यालय मर्ज, दरबन्दि मिलान लगायत काम गरेको र स्वास्थ क्षेत्रमा तथा रोजगारका क्षेत्रमा योजना बद्ध तरीकाले काम गर्ने बताउदै हातेमालो गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी चौधरी, वडा अध्यक्ष टेकलाल सापकोटा, प्रमुख प्रसासकिय अधिकृत राकेस पाण्डे, उप सचिव पुर्ण विश्वकर्मा लगायतले घटना दर्ताले नागरीकले पाउने अधिकार प्राप्तीमा सहज हुने बताउदै नयाँ बर्ष २०८० ले सबैमा नयाँ जोस जाँगर ल्याओस भन्दै शुभकामना दिनुभएको थियो ।

यस्तै शिवराज नगर पन्जिकरण साखा प्रमुख दिपक खड्काले घटना दर्ता सप्ताह अबको हप्ता शिवराजका टोल टोलमा संचालन हुने हुदा सबैलाइ घटना दर्ता गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकारहरुले सल्ला सुझाब सहित नयाँ बर्षको शुभकामना दिएका थिए ।

धेरै पढिएको

ताजा समाचार