शिवराज ५ मा बालमैत्री स्थानीय शासन कार्यन्वयनको लागि वडा स्तरीय कार्यक्रम

 

शिवराज नगरपालिका वडा नम्बर ५ ले वालमैत्री स्थानीय सासनको लागि कदम अगाडि बढाएको छ । बालबालिकाहरुको हकहितको निम्ती शिवराज नगरपालिका वडा नम्बर ५ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

शिवराज नगरपालिकाको आयोजना र युनिसेफको सहयोगमा भएको अभिमुखिकरण कार्यक्रमले वालमैत्री स्थानीय सासन कायम गर्न वडा स्तरीय वालमैत्री स्थानीय सासन कार्यावयन सहजिकरण समिति गठन भएको छ।

वडास्तरमा वालमैत्री स्थानीय शासकीय पद्धति   लागु गर्न शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेको संयोजकत्वमा १७ सदस्यिय वालमैत्री स्थानीय सासन कार्यावयन सहजिकरण समिति गठन भएको हो । जुन समितीमा वडा सदस्य , स्वास्थ्य क्षेत्र, शिक्षा , वालबाकिाको क्षेत्र ,मानवअधिकार क्षेत्रमा कार्यरत प्रतिनिधि साथमा वालक्लवका प्रतिनिधिहरुको समावेश गरी समिति गठन गरेको ।

 

कार्यक्रममा शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्रराइले बालवालिकाको हक अधिकार र वालमैत्री स्थानीय सासन कायम गर्न आवश्यक पर्ने सुचक पर्ने शिक्षा , स्वास्थ्य लगायतका सुचकहरुसहित वडा स्तरमा अवस्था विश्लेषण गर्दै बालबालिकाा सवालहरु रणनीतिक योजना लगायतका विषमयमा सहजिकरण गर्नु भएको थियो । बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पूरा गर्नु पर्ने सम्पुर्ण सुचकहरु समेत प्रकाश पार्नु भएको थियो ।

वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका आवश्यक सुचकहरुलाई निहालेरे अध्ययन गर्दै सम्पुर्ण सुचकहरु समेत पुरा गरी वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागि पर्नेबताउनु भयो । साथै यो अभियान सफल पार्न सकरात्मक अभिभावकत्व प्रदान गर्दै परिवारदेखि टोल र समुदाय सबैले मिलेर बालहितका पक्षमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने ठोस धारणा सहित वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले भविश्य बोकेका बालबालिकालाई कितावी ज्ञानसँगै वाहिरी वातावरणबाट नेतृत्व विकास गर्न राज्यको लगानी आवश्यक रहेको बताउनु भयो । बालबालिका सम्बन्धित काम गर्ने जुन सुकै निकाय तथा संघ सस्थाहरुले यसलाई आधार मानि काम गर्नु पर्ने बताउनु भयो ।

 

 

 

धेरै पढिएको

ताजा समाचार