एमालेले शिवराज ९ मा कम्युनिस्ट पार्टी स्थापना दिवसमा मनायो

 

 

कपिलवस्तु – प्रतिनिधि सभा सदस्य सांसद मंगल प्रसाद गुप्ताले शिवगढी क्षेत्रको विकासको लागि आफु तप्पर रहेको बताउनु भयो । आज नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको   अवसरमा शिवराजनगर पालिका ९ शिवगढिमा नेकपा एमाले वडा कमिटिको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन क्षेत्रका मतदाताबाट कहिल्यै पनि टाढा नहुने बताउँदै सधैँ जनताकै साथमा रहेर चुनावको बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दारिताका साथ आफू सक्रिय भएर लाग्ने बताउनु भयो ।

साथै कार्यक्रममा उहाँले यस क्षेत्रका अत्यावश्यक विकासे योजना लिपबिद्ध गरेर आफुलाई दिन समेत माग गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आगोजित कार्यक्रमलाई सम्बोधन गर्दे एमाले प्रदेश कमिटी सदस्य नेत्र राज अधिकारीले एमाले पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति गर्न खोजेको बताउनु भयो । परिवर्तन विकासको लागि एमालेले अग्रपंतिमा रहेर बताउनु भयो । शिवगढ ियस क्षेत्रको पहिचान भएकाले यस क्षेत्रको विकासमा एमाले सधै लाग्ने बताउनु भयो ।

 

नेकपा एमाले शिवराज वडा न ९ को वडा कमिटीले समग्र शिवगढीको सुन्दरी डाडा देखि धनखोला समेटिने गरि अति आवश्यक पुर्वधार बिकासका मागहरु लिखितमरुपमा सांसद गुप्तालाई पेस गरेको छ । कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर आज आयोजित कार्यक्रममा पार्टीको जनबर्गीय संगठन युवा र किसान संघ गठन गरेको सचिब पदम सुनारले जानकारी दिनु भयो ।

जसमा राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा अतित पुन र अखिल नेपाल किसान संघको अध्यक्षमा दुर्गा जैशी लाई निरबिरोध रुपमा चयन गरेको छ । कार्यक्रम वडा कमिटी अध्यक्ष अशोक मल्लको अध्यक्षता र सचिब पदम सुनारको सन्चालमा सम्पन्न भएको थियो ।

 

धेरै पढिएको

ताजा समाचार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी, जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।