अर्जुन बेल्बासे , कपिलवस्तु -कपिलवस्तुको शिबराज नगरपालिका वडा न ५ ले आर्थिक बर्ष ०७९/८० मा गत आर्थिक बर्षमा भन्दा धेरै राजश्व संकलन गर्न सफल भएको छ । वडाले विभिन्न शिर्षकमा यस आर्थिक बर्षको बैशाख १२ गते सम्म २२ लाख ९४ हजार २३१ रुपैया बीस पैसा राजस्व संकलन गरेको छ ।
वडाले गत आर्थिक बर्ष ०७८/७९ मा कुल २० लाख ७० हजार ७ सय २६ रुपैयाँ अस्सि पैसा राजस्व संकलन गरेको थियो । गत बर्ष को तुलना वडाले यस आर्थिक बर्ष बढी राजस्व संकलन गरि सकेको वडा सचिब कल्पना चौधरीले बताउनु भयो । वडा कार्यालयबाट सेवाग्राहीलाई दिइने विभिन्न सेवा सुबिधा बापत लाग्ने शुल्क राजस्व स्वरुप संकलन हुने उहाँले बताउनु भयो ।
वडा कार्यालयले सम्पत्तिकर ( सम्पत्ति / मालपोत भुमिकर, घर बहाल कर, डिहि जग्गा घर कर र बहाल कर बिटौरी कर आ.व. ०७९/८० को बैशाख १२ गते सम्म ७ लाख ४४ हजार १७ रुपैयाँ बीस पैसा , ब्यक्तिगत घटना दस्तुर बापत ६९ हजार ५४ रुपैयाँ , सिफारिस दस्तुरबाट १४ लाख ८१ हजार १ सय ६० रुपैयाँ संकलन भएको सचिब चौधरीले बताउनु भयो ।
वडाले वडाबासिहरुबाट विभिन्न शिर्षकमा लिने दस्तुर नगरमै वडा नं. ५ ले सबै भन्दा धेरै संकलन गर्न सफल भएको वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले बताउनु भयो । अझै आर्थिक बर्ष सकिन २ महिना बढी समय बाँकी रहेकोले राजस्व अझै बढ्ने उहाँले बताउनु भयो । नागरिकहरुबाट लिइने राजस्व पुन नगर र वडाकै बिकासका लागि खर्च हुने भएका नागरिकले आफुले तिर्नु पर्ने राजस्व नियमित बुझाइ असल नागरिकको परिचय दिन वडाबासिलाइ अध्यक्ष बेल्वासेले आग्रह गर्नु भयो ।
शिबराज वडा न ५ गत बर्ष भन्दा बढी राजस्व संकलन
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech