खड्काको अध्यक्षतामा प्रेस चौतारी शिवराज गठन 

 

कपिलवस्तु –

प्रेस चौतारी नेपाल शिवराजको प्रथम भेला सम्पन्न भएको छ । भेलाले दिपक खड्काको अध्यक्षतामा ७ सदस्यिय प्रेस चौतारी नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सचिता गौतम, सचिव अर्जुन बेल्वासे, कोषाध्यक्ष अनुप पन्थी, सदस्य केशव बेल्वासे, रोशन थारु र सरु चालिसे चयन भएका छन ।

भेलामा प्रेस चौतारी नेपाल प्रदेश सदस्य सरद अधिकारी, जिल्ला अध्यक्ष जानु पाण्डे, नेकपा एमाले नगर कमिटि अध्यक्ष जगत पौडेल, प्रेस चौतारी जिल्ला उपाध्यक्ष गिता पौडेल, सचिव संजिव गहतराज लगायतले नव निर्वाचित चौतारीको नगर समितिलाइ बधाइ सहित सफल कार्यकालको शुभकामना दिनुभयो ।

यस्तै प्रेस चौतारी नेपाल बाणगंगा नगर समितिको अध्यक्षमा हरि आचार्य, उपाध्यक्षमा दिपिका सुनार, सचिवमा सीता बेल्बासे, कोषाध्यक्षमा पवनराज पाण्डे, सदस्यमा अस्मिता भुसाल, निलम परियार, गिता थापा र निलम खनाल चयन भएका छन ।

धेरै पढिएको

ताजा समाचार