बहादुरगन्ज आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु

 

कपिलवस्तु -नेपाल नेय्रज्योती संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ  ।नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज   आँखा अस्पतालमा पहिलो पटक आँखाको नानी प्रत्यारोपण सेवा सुरू गरेको हो ।

 

कर्निया रोग विशेषज्ञ डाक्टर ज्योति सापकोटा नेतृत्व को चिकित्सकिय टोलिले आँखाको नानिको सफल प्रत्यारोपण गरेको अस्पतालका  प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले बताउनु भयो ।अस्पतालमा विशिष्टकृत सेवा प्रदान गर्दै आएको विश्वकर्माले बताउनु भयो ।

अस्पतालले पहिलो पटक ५० बर्षकि भारतीय नागरिक कृष्ण देबिको आँखाको नानी प्रत्यारोपण गरेको हो । आखाँको पुरै भागनै सुक्न लागेको आखाँकोनानीको सफल प्रत्यारोपण गरिएको ओटि इन्चार्ज साबित्रा केसिले बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार