राष्ट्रिय मानव अधिकार प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मीलाई सम्मान

 

कपिलवस्तु- कोरोना महामारीमा नागरिककि सेवामा खटेका स्वास्थ्यकर्मीलाई राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुले सम्मान गरेको छ ।आज एक कार्यक्रमका विचमा शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पताल शिवराज ५ चन्द्रौटाका प्रमुख डा। महेश गुप्ता र सन्जिवनी सामुदायिक अस्पताल कार्यरत डा घनश्याम पाण्डेलाई प्रतिष्ठानका सभापति बिष्णु प्रसाद खतिवडा ,लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसि लगायतले कदर पत्रले सम्मान गर्नु भएको हो ।

कोभिड महामारीमा जोखिम उठाएर बिरामीको सेवामा समर्पित दुबै जना डाक्टरलाई सम्मान गरेको सस्थाका सभापति बिश्ण प्रसाद खतिवडाले बताउनु भयो ।सम्मान गर्दै सांसद अर्जुन कुमार केसिले स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरूको योगदानको पहिचान र सम्मान गरेको भन्दै मानव अधिकार प्रतिस्ठानलाई धन्यवाद दिनु भएको थियो ।

मानव स्वास्थय क्षेत्रको उच्च मुल्यांकन गर्दै दिएको सम्मानलाई ग्रहण गर्दै सधै सेवामा समर्पित हुन समेत आग्र गर्नु भयो ।कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले कोभिड सङ्क्रमणसँग मानिसहरू त्रसित रहेका विपत्तिको समयमा समेत आफ्नो कर्तव्यबाट पछि नहटी मानवजीवन बचाउन योगदान पुराउने समग्र स्वास्थ्यकर्मीहरूप्रति उच्च सम्मान गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै दुबै स्वास्थ्यकर्मी यो सम्मानले थप प्रेणा जागएको बताउनु भएको थियो ।कार्यक्रममा मानव अधिकारकर्मी , राजनीतिक दलका प्रतिनिधि ,पत्रकारलगायको सहभागीता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार