जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटावाट दुईजना पक्राउ परेका छन । शिवराज नगरपालिका वडा न ११ थुनिया वस्ने कानुन तथा लेखापढि व्यवसायी समीती ईकाई चन्द्रौटाका अध्यक्ष रामनिवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ परेका हुन । अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साविक विरपुर गाविस वडा न ९ स्थीत मुकेश यादवको नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा वनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा न ११ वस्ने रेखा लोहारलाई जग्गा धनी मुकेश यादवको जग्गालाई जानकारी नगराई राजनीमा तयार गरेर रकम असुल गरेका थिए । आरोपी कुर्मी चौधरीले पिडीत लोहारलाई मालपोत कार्यलय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए । चौधरीले पिडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलव्ध गराउने वताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफै पुर्जा लिएर आउने वताएका चौधरीले चार दिन वित्दा समेत पुर्जा नआएपछि आफु ठगिएको अनुभव भएको वताईन ।
पिडित लोहारले आफु ठगिएको पता लागेपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिईन । उजुरी पछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राऊ गरेको हो । प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्वीकता, जग्गाको श्रेस्ताको विवरण झिकाएको थियो । जवाफमा मालपोत कार्यालय चन्द्रौटाले मालपोतका अधिकारीको हस्ताक्षर नभएको , उतm जग्गाको किर्ते तथा जालसाझी गरी राजीनामा तयार गरिएकाले कानुनी कारवार्हीको लागी पत्राचार गरिएको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्षमण चालीसेले वताउनुभयो । विहीवार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानको लागी जिल्ला अदालत कपिलवस्तुमा म्याद थपको लागी लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?