कार्यालय समयमा निजी क्लिनिक सन्चालन गर्न नपाईने

कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यालय समयमा निजी क्लिनिक सन्चालनमा रोक लगाएको छ आज नगर प्रमुख अजय थापाको अध्यक्षतामा बसेको स्वास्थ्यकर्मीहरुको बैठकले सरकारी स्वास्थ्यकर्मीले विहान १० बजेदेखि बेलुका ५ बजेसम्म नगरका कुनै पनि स्वास्थ्यकर्मीले निजी क्लिनिक तथा फार्मेशी संचालन गर्न नपाउने गरी रोक लगाएको छ ।अब कार्यालय समय बाहेक निजी क्लिनिक र फार्मेसी संचालन गर्दा नगर कार्यपालिकाको पूर्व स्विकृत लिनु पर्ने छ नगर प्रमुख अजय थापाले जानकारी दिनु भयो ।बैठकले यही जेष्ठ महिनाको ८ गतेदेखि ‘जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी’ भन्ने नारासहित स्वास्थ्य सेवा संचालन गर्ने निर्णय गरेको छ ।शिवराज नगरपालिकाले एउटा सूचना जारी गरी स्वास्थ्य संस्था दर्ता तथा स्विकृत बिना संचालनमा रहेको गुनासो आएपछि स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७६ को दफा २२ र नेपाल सरकारको जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा २१ बमोजिम स्थानीय तहले तोकिएको मापदण्ड पुरा गरी स्विकृत लिन सूचना मार्फत जनाएको छ ।नगरपालिकाले एक महिनाको समय राखि नगर कार्यपालिकामा निवेदन पेश गर्नु पर्ने शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जानकारी दिए ।पालिकाले सूचना उलघंन गरी वा अनुमती बिना स्वास्थ्य संस्था संचालन गरेको पाइएमा पालिकाको प्रचलित कानुन बमोजिम कारबाही गरिने स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिए ।

धेरै पढिएको

ताजा समाचार