शिवराज १ मा महिलाहरुका लागि ४ दिने अचार बनाउने तालिम सुरु 

 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा महिलाहरुका लागि ४ दिने अचार बनाउने तालिम आजबाट सुरु भएको छ । शिवराज नगरपालिकाको आर्थिक सहयोग र सर्वोदय महिला बिकास बचत तथा रिण सहकारी सस्थाको आयोजनामा स्थानियहरुलाइ विभिन्न परीकारका अचार बनाउने तालिमको सुरु भएको हो ।

कार्यक्रमको उद्धघाटन गर्दै शिवराज नगर उप प्रमुख शिवकुमारी थारुले स्थानिय उत्पादनलाइ प्राथमिकता दिदै बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । तालिमले महिलाहरुमा सिप विकास र व्यवसायिक बन्न टेवा पुग्ने अपेक्षा व्यक्त गर्नुभया ।

यस्तै कार्यक्रममा वडा अध्यक्ष खिम बिक्रम केसिले तालिम लिएर सिपलाइ एतपादन मुलक क्षेत्रमा लगानि गरी व्यवसायिक बन्न आग्रह गर्नुभयो । ४ दिनसम्म चल्ने तालिममा वडा भित्रका ३२ जना महिलाहरु सहभागि रहेका छन ।

धेरै पढिएको

ताजा समाचार