शिवराज १ मा कोरोना भाइरसविरुद्धको खोप लगाईने

 

कपिलवस्तुको शिवरमज नगर पालिका वडा नम्बर १ ले आगामी जेठ एक र २ गते भेरोसिल खोपको बुष्टर मात्रा लगाउने भएको छ । खोप अभियान जेठ एक गते सोमबार शिवपुर स्वास्थ्य चौकिमा र २ गते मङलबार उमरि चौकमा भेरोसिल खोपको बुष्टर मात्रा लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । सोहि अनुसार विहिवार

शिवराज नगरपालिका वडा नम्बर १ मा कोभिड भएको कोभिड १९ खोप अभियान तथा बुष्टर खोप सम्बधि एक दिने अभिमुखिकरण कार्यक्रम संचालन पश्यात शिवराज नगरपालिका वडा नम्बर १ ले पनि उक्त अभियानलाई सूरु गर्ने निर्णय समेत गरेको छ । खोप लगाउन आउदा खोप लगाएको खोप कार्ड अनिवार्य लिई आउनु पर्ने छ।

 

शिवराज नगरपालिकाको आयोजना भएको अभिमुखिकरण कार्यक्रममा शिवपुर स्वास्थ्य चौकिमा स्वास्थ्य ब्यबस्थापन समिति र स्वास्थ्यकर्मीहरुका लागि एक दिने अभिमुखिकरण दिईएको हो । कार्यक्रम स्वास्थ्य ब्यबस्थापन समिति अध्यक्ष खिम बिक्रम केसि ज्युको अध्यक्षतामा सम्पन्न भएको हो ।

धेरै पढिएको

ताजा समाचार