केन्द्रिय सदस्य अलिमियालाई ब्यापार संघद्धारा सम्मान

कपिलवस्तु-ब्यापार संघ कपिलवस्तुले नेपाल उद्योग बाणिज्य संघको केन्द्रिय सदस्यमा नवनिर्वाचित केन्द्रिय सदस्य जमशेर अलिमियालाई बधाई एवं सम्मान गरेको छ
सम्मान कार्यक्रमा बोल्दै नवनिर्मित केन्द्रिय सदस्य मियाले निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्दामा सहकार्य गर्दै अगाडि बढदा विकास ,रोजगार ,र अर्थतन्त्र बलियो हुने बताउनु भयो ।

निजी क्षेत्रले संगठित रूपमा उठाएका विषयलाई आफुले सम्बन्धित तह सम्म पुराउने बताउनु भयो । यस क्षेत्रमा निर्यात प्रवर्द्धनको दुबै ब्यारीक सस्थाले सहकार्य गर्नु आवश्य रहेको बताउनु भयो । यस क्षेत्रकोे विकासको लागि नगरले औद्यौगिक र ब्यापारीक सस्थाको आवश्यक निति सहित छmफलको विषय बनाउन पर्ने बताउनु भयो ।

सम्मान एवम बधाई कार्यक्रममा सम्मान गर्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र उद्योग बाणिज्य महासंघले समन्वय गर्नुपर्ने चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव महादेब पोखरेल बताउनु भयो ।
ब्यापार संघ र उद्योग वाणिज्य संघले यस क्षेत्रमा ५ हजार वढि नागरीकलाई रोजगार दिएको उल्लेख गर्दै ‘मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका विभिन्न विषयमा तिनै सरकारले आश्वासन दिने तर कार्यान्वयन नगर्ने समस्याले ब्यारीहरु म्र्कामा परेको बताउनु भयो । पछिल्लो समय अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

स्वागत तथा स्म्मान कार्यक्रममा चन्द्रौटा उद्योग बाणिज्य संघक अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले राजनीति फाईदाको लागि ब्यापारीको हक अधिकाको मुद्दामा लड्ने सस्थलाई एक आपसमा लडाएर तिनै तहका सरकारले फाईदा उठाएको बताउनु भयो ।
आपसमा ब्यापार र उद्योग बाणिज्य लडाइ ले आर्थिक क्षेत्र मा फाईदा नहुने बताउनु भयो ।त्यस्तै राजनीतिक आडमा रोकिएको शिवगढिको डिपिआर को काम अब तिनै तहका सरकार सहकार्यमा ब्यापार संघ र उद्योग बाणिज्य संघले कार्ययोजना अगाडि सार्नु पर्ने बताउनु भयो ।
सम्मान कार्यक्रममा मानवअधिकार प्रतिष्ठानका अध्यक्ष बिष्णु प्रसाद खतिवडाले यश क्षेत्रको विकाको लागि दुबै ब्यापारी सस्थाको सहकार्य आवश्यक रहेकोे बताउनु भयो । कार्यक्रम चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष जगत पौडेलको स्वागत मन्तव्य , महासचिव गोपाल बण्जाडेको संचालनमा स्वगत तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

धेरै पढिएको

ताजा समाचार