पुर्ण रुपमा गुणस्तरीय निशुल्क शिक्षा लागू गर्न भन्दै पत्रकार परियारद्धारा पालिकालाई ज्ञापन

 

 

पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले पुर्ण रुपमा गुणस्तरीय निशुल्क शिक्षा लागू गर्न भन्दै कपिलवस्तुको विजय नगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेलाई ज्ञापनपत्र पेश गर्नु भएको छ ।

 बिजयनगर ६ प्रेमनगरमा स्थायी घर रहेका  परियारले आज विहान गाउँपालिकाको कार्यालयमा पुगेर ज्ञापनपत्र दिनु भएको हो । संबिधानमा ग्यारेण्टी गरिएको विद्यालय शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि ज्ञापनपत्रमा भनिएको छ।पालिकामा शुसासन विकास अवसर रोजगार र समाज परिवर्तनका लागी गुणस्तरीय निशुल्क शिक्षा लागू गर्न आवश्यक रहेको ज्ञापनपत्रमा भनिएको छ। ।शिक्षाले नै समाजमा चेतनाको विकास गर्ने र समाजलाई शिक्षा मार्फत समुन्नत बनाउने सकिने भन्दै शिक्षलाई जोड दिनु पर्ने ज्ञापनपत्रमा भनिएको छ।

त्यस्तै ज्ञापनपत्रमा कलीली उमेरमा वालवालिका अध्ययन बापतको खर्च जोहो गर्न नसक्दा सडकमा नै रहन बाध्य छन । सँगै गरिबीको छानामुनि रहेका हजारौ अभिभावकले आफ्ना सन्तालाई सोचत जस्तो शिक्षा दिन पैतृक सम्पत्ती बेच्नु पर्ने बाध्यता छ ।

नेपालको संविधानले नै बालबालिकालाई कक्षा १२ सम्मका शिक्षा निशुल्क प्रदान गर्ने निति निर्माण गरे पनि प्रभावकारी कार्यान्यवन हुन नसक्दा न्यून आय भएका अतिविपन्न परिवारले आफना सन्तालाई दैनिक ज्याला मजदुरी गरी पढाउन बाध्य छन । जस्ले गर्दा बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर गर्ने निश्चित रहेको लगायतका विषय वस्तु समेटेर ज्ञापनपत्रमा बुझाउनु भएको हो ।

साथै ज्ञापनपत्रमा छिमेकी पालिका शिवराज नगरपालिकाले शिक्षालाई मुख्य प्राथमितामा राखी यहि आर्थिक वर्ष देखि निशुल्क शिक्षा लागु गरेको कुरा समेत उल्लेख गर्दै विजयनगर गाउपालिकाले पनि आगमी आ.व. देखि पुर्ण रुपमा गुणस्तरिय निशल्क शिक्षा लागु गर्ने निति निर्माण गरी यथाशिघ्र बालबालीकाकी निशुल्क शिक्षा अध्ययन गर्न पाउने हक सुनिश्चित गर्न भन्दै यो ज्ञापन पत्र पेष गर्नु भएको छ ।

ज्ञापनपत्र बुझदै बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पुर्ण रुपमा गुणस्तरीय निशुल्क शिक्षा लागू गर्न क्रमागत रुपले पालिकाको आन्तरीक स्रोतको सिमाहेरि अघि बढ्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । त्यस्तै ज्ञापनपत्र बुझदै शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनमा रहेर विजय नगरगाउँपालिका पनि सिघ्र अभियानमा लाग्ने बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार